
सैनामैना, २४ फागुन । कपिलवस्तु ११ सैनामैनाको मुर्गियामा भैरहेको सुनगाभा सैनामैना गोल्डकप फुटवल प्रतियोगिताको सेमीफाईनलमा प्रवेश गरेको छ ।
मुर्गिया फुटवल क्लवको आयोजनामा शनिवार मुर्गियामा भएको अन्तिम क्वार्टर फाईनलमा रुपन्देही लिग च्याम्पियन फर्साटिकर युथ क्लवलाई ३–० को अन्तरले पराजित गर्दै कपिलवस्तु ११ सेमीफाईनलमा प्रवेश गरेको हो ।
कपिलवस्तु ११ का लागि तीनवटै गोल दोश्रो हाफमा भएको थियो । दोश्रो हाफको ५० औं मिनेटमा कपिलबस्तु ११ का लागि जर्सी नं. १० का खेलाडी मोहम्मद इन्ड्रिजले पहिलो गोल गर्दै खाता खोलेका थिए । त्यसैगरि कपिलवस्तु ११ का लागि खेलको ७४ औं मिनेटमा जर्सी नंं ५ का खेलाडी विज्ञान गुरुङले एक गोल गरी खेललाई २–० को अन्तरमा पु¥याए ।
दोश्रो गोल भएको ८ मिनेटमै कपिलवस्तु ११ का लागि जर्सी नं. १० का खेलाडी मोहम्मद इन्ड्रिजले एक गोल गरि टिमलाई ३–० को अन्तरले जीत दिलाउन सफल भए । उनले शनिवारको खेलमा व्यक्तिगत दुई गोल गरी शनिवारको म्यान अफ दि म्याचको पुरस्कार पाउन सफल भए ।
आईतबारको पहिलो सेमीफाईनल खेल आयोजक मुर्गिया फुटवल क्लव र अभिषेक चर्च नवलपुर रजहरबीच हुने छ ।
खेल प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टिमले नगद ७ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र र दोश्रो स्थान हासिल गर्ने टिमले नगद ४ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाईनल फागुन २८ गते हुनेछ ।