
सैनामैना । रुपन्देहीको कञ्चन गाउँपालिकामा यहि चैत्र १६ गते देखि लुम्विनी साझेदारी कप फुटवल प्रतियोगिता हुने भएको छ । स्वास्थ्यका लागि खेलकुद रास्ट्रका लागि खेलकुद भन्ने मुल नारा सहित अस्नैया युवा क्लवको २५औं बार्षिकोत्सव तथा रजत महोत्सवको अवसरमा उक्त प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।
अस्नैया युवा क्लव र लुम्विनी साझेदारी बनको संयुक्त आयोजनामा रास्ट्रिय स्तरको खुल्ला नकआउट फुटवल प्रतियोगिता कञ्चन–४, अस्नैया खेल मैदानमा चैत्र १६ देखी ३० गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा सुरुमा आउने १६ टिम मात्र सहभागि हुन पाउने छ भने रास्ट्रिय तथा अन्तरास्ट्रिय स्तरका खेलाडीहरु खेलमा सहभागि हुन पाउने छन् । प्रतियोगितामा सहभागि हने टिमले टिम दर्ता स्वरुप नगद १० हजार रुपैया तिर्नु पर्ने छ ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद २ लाख रुपैया शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने उपविजेता टोलीले नगद १ लाख रुपैया शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने क्लवका अध्यक्ष दुर्गा राजकोटीले जानकारी गराउनुभयो । अध्यक्ष राजकोटीका अनुसार प्रतियोगितामा विधागत पुरस्कार तर्फ सर्वोत्कृष्ट खेलाडीलाई नगद २५ हजार रुपैया पैदान गरीने छ ।
प्रतियोगिता सञ्चालनका लागि अहिले फिल्ड निर्माण तथा दर्शक बस्नका लागि करिव पाच हजार दर्शक वस्न मिल्ने प्याराफिट निमार्ण कार्य भएको लुम्विनी साझेदारी बनका अध्यक्ष राजेन्द्र चौधरीले बताउनुभयो । चौधरीका अनुसार प्रतियोगिता हेर्नका लागि १३ वर्षदेखी मुनि, ७० वर्षदेखी माथिका वृद्ध अनि अपाङ्गता भएका व्यक्तिलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । यस्तै अन्य दर्शकका लागि भने न्युन शुल्कमा खेल हेर्ने व्यवस्था मिलाइएको उहाको भनाइ छ । दर्शकले उद्घाटनको दिन निशुल्क प्रबेश गर्न पाउने छन् भने दोस्रो दिनदेखी प्रिक्वाटर सम्म रु २० रुपैया यस्ते क्वाटरफाइनल र सेमीफाइनलका लागि रु ५० टिकट दर राखिएको आयोजकले जनाएको छ । फाईनल खेलका लागि भने रु १०० टिकट दर राखिएको आयोजकको भनाइ छ ।
प्रतियोगिता सफल बनाउनका लागि अस्नैया युवा क्लव र लुम्विनी साझेदारी वनले विभिन्न संघ सस्थालाई हार्दिक अपिल गरेको छ ।