तिलोत्तमामा जातीय विभेद विरुद्ध सामाजिक अन्तरघुलन अभियान शुरु

बुटवल – तिलोत्तमा नगरपालिकाको आयोजना तथा समाजिक जागरण बिकास मञ्च रुपन्देहीको ब्यबस्थापनमा जातिय बिभेद बिरुद्द सामाजिक अन्तरघुलन अन्तरक्रिया कार्यक्रम अर्थात अभियान शुरु गरिएको छ । तिलोत्तमा नगरपालिका वडा नम्वर ६ मा सोमबार भएको कार्यक्रममा बोल्ने बक्ताहरुले समाजमा जातीय छुवाछूत तथा विभेदको अन्त्य नभई त्यसको स्वरुप मात्रै परिवर्तन भएको भन्दै गुनासो गरेका छन ।

कार्यक्रममा प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँडले विभेद अन्त्य हुन सके मात्र संस्कारयुक्त समाज निर्माण हुने उल्लेख गर्दै सवै नगरवासीले यसमा ऐक्यवद्धता जनाउन आग्रह गरे  । उनले तिलोत्तमा नगरपालिकाले सबै प्रकारका विभेद न्यूनीकरणका लागि बजेटको उचित ब्यबस्थापन गरि टोल टोलका नागरिकहरु समक्ष पुगेर कार्यक्रमहरु गरिरहेको बताए । जातीय छुवाछूत गर्नेलाई दण्ड जरिवाना र सामाजिक बहिष्कार सम्मका कार्वाही गर्ने कानुनी ब्यबस्था भएका कारण नगर भित्र यदि कोहि जातिय बिभेदमा परेको खण्डमा पालिकामा आई निवेदन दिन समेत अपिल गरे ।

त्यस्तै तिलोत्तमा नगरपालिकाका योजना तथा अनुगमन शाखा अधिकृत माधव पोख्रेलले कार्यक्रमको सहजीकरण गर्दै विभिन्न किसिमले दलित समुदाय थर र जातकै आधारमा आज पनि चरम विभेदमा परेको बताए । उनले स्थानीय तहले नै विभेद न्युनीकरणका लागि विशेष जोड दिए मात्र छुवाछूत कम गर्न सकिने बताए । पोख्रेलले संघ र प्रदेशले बनाएका नीति तथा कानुनमा रहेर स्थानीय सरकारले पहल कदमी अगाडि बढाउनुपर्ने खाँचो रहेको भन्दै त्यसका लागि स्थानीय सरोकारवाला निकायले समेत सहकार्य गर्नुपर्नेमा जोड दिए ।

तिलोत्तमा वडा नम्बर ६ का वडा अध्यक्ष गणेश पाठकले पछिल्लो समय सार्वजनिक स्थानहरूमा आफ्नो वडामा जात र थरका आधारमा विभेद नभएको बताए । यदि विभेदमा परे भनेर वडामा जोकोही नागरिक आएको खण्डमा तत्काल कानुनी प्रक्रियामा जाने प्रतिबद्धता समेत जनाए ।

त्यस्तै , तिलोत्तमा नगरपालिकाका सामाजिक विकास समिती संयोजक रबि सेन्चुरीले तिलोत्तमा नगरपालिकामा जातिय विभेद अन्त्य गर्नका लागि बजेटको ब्यबस्थापन गरि नगरका टोल टोलमा गएर कार्यक्रम गरिएको बताए । उनले त्यसै अनुरुप तिलोत्तमा नगरपालिकाले जातीय विभेद विरुद्ध सामाजिक अन्तरघुलन कार्यक्रम पालिकाको १० दिने अभियान मार्फत ६ स्थानमा गरिने बताउदै समाज परिवर्तनका लागि सबै भन्दा पहिले ब्यक्ति नै परिवर्तन हुनुपर्ने र सकारात्मक भावनाको बिकास गरि जातीय विभेद गर्नु सामाजिक अपराध हो भनी नागरिकहरुलाई बुझाउन पनि अन्तरघुलन जस्ता कार्यक्रमहरुको आवश्यकता परेको बताए ।

कार्यक्रममा नेपाली काङ्ग्रेस वडा सभापति युवराज भन्डारी ,रास्वपा वडा संयोजक ज्ञानु केसि , पुर्व पहुनी टोल बिकास संस्थाका अध्यक्ष सुना श्रीस , टोल विकास संस्था नगर संजाल सदस्य घनश्याम भुषाल ,मेडिनि स्कुल ब्यबस्थापन समिति अध्यक्ष जगत पौडेल , पन्चरत्न गिता मन्दिर ब्यबस्थापन समिती अध्यक्ष छत्रराज गौतम, पत्रकार कृष्ण रणपाल, सामाजिक जागरण बिकास मञ्चका अध्यक्ष राम बहादुर बिक लगाएतले बोल्दै जातीय विभेद विरुद्ध एकताबद्धरुप पालिका भित्रका प्रत्येक टोल टोलमा सचेततामुलक कार्यक्रम गर्नु पर्ने र कतै थरकै आधारमा विभेद भएको खण्डमा कानुनी प्रक्रियामा जानुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रम तिलोत्तमा नगरपालिकाका सामाजिक विकास समिती संयोजक रबि सेन्चुरीको अध्यक्षता तथा पत्रकार अम्बिका परियारको सन्चालनमा सम्पन्न भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation