फलफुल बितरण गरी मनाईयो बुवाको बार्षिक स्मृती दिवस

विनोद खनाल, बुटवल
नेकपाका केन्द्रीय सदस्य विश्वास सीका बुवा ईन्द्र प्रसाद भट्टराईको प्रथम बार्षिक स्मृति बालगृहमा फलफुल तथा खाद्यान्न बितरण गरी मनाईएकोछ ।

“स्वर्गको पनि छैन आश नर्कको पनि छैन त्राश” भन्दै परम्परागत रुपमा श्राद्ध गरी खिर प्रसाद चढाएर स्वर्गमा पितृले पुन्य पाउँछन भन्ने मान्यता बैज्ञानिक नभएको भन्दै छोरा विश्वाशले असहाय बालबालिकालाई फलफुल तथा खाद्यान्न बितरण गरी बुवाको स्मृती गरिएको बताए ।
पछिल्लो समय बिप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सी संस्कृतीको अवधारणा अधि सारे अनुशार सोहि अवधारणालाई आत्मसाथ गर्दै बुबाको स्मृति गरिएको उनले बताए । नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा अभिभावकीय भुमिका निर्वाह गर्नुभएका बुवाको यसखालको संझनाले बास्तविक अर्थमा उहाँको सम्मान हुने बताउँदै नेकपा सैनामैना नगर समितिले उक्त कार्यक्रमको आयोजन गरेको थियो ।
नेकपाका केन्द्रीय परिसद सदस्य एवं सेनामैना नगर सेक्रेटरी तेजेन्द्र सी सहितको सहभागितामा सैनामैना १ बनकट्टामा रहेको अभियान नेपाल बाल गृहमा रहेका बालबालिकाहरूलाई फलफुल बितरण गरी बुवाको संझना गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation