
सैनामैनामा ६५ दिने सुनचाँदीका गरगहना बनाउने तालिम सुरु
अम्बिका परियार
बुटवल – सैनामैना नगरपालिकाको आर्थिक सहयोग र सैनामैना दलित उत्थान समिति सैनामैना रुपन्देहीको व्यवस्थापनमा ६५ दिने सुनचाँदीका गरगहना बनाउने तालिम सुरु भएको छ ।
‘सिप सिकौं आत्मनिर्भर बनौं ’ भन्ने मुल नाराका साथ दलित समुदायको सिप विकासका लागि आधारभूत सुनचाँदीका गरगहना वनाउने ९कालिगढ० तालिम बुधवार सैनामैना ८ बासगढिमा सुरु गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि सैनामैना नगरपालिकाका उपप्रमुख बिना रानाले नगरपालीकाले दलित ,सिमान्तकृत र लक्षित समुदायको आर्थिक सशक्तिकरणका लागि बजेट व्यबस्थापन गरि प्रत्येक आर्थिक बर्षमा विभिन्न सिपमुलक, उत्पादनमुक तालिमहरु दिई आर्थिक रुपमा आत्मनिर्भर बनाउन जोड दिइरहेको बताउनुभयो ।
कुनै पनि काम ठुलो सानो नहुने भन्दै उनले सुनचाँदी बनाउने सिपलाई सम्मान गरि तालिम पछि सकेसम्म व्यक्तिगत नसके समुहमा मिलेर उत्पादनलाई जोड दिई आफ्नो आर्थिक स्थिति सुधार गर्न सहभागिहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथी सैनामैना नगरपालिका योजना शाखाका योजना शाखा प्रमुख केशवराज अर्यालले तालिममा सिकेका कुरालाई व्यबहारमा लागु गरि नगरपालीकाको लगानी खेर जान नदिई उद्यमशिलतामा अगाडि बढ्न सहभागिहरुलाई सुझाव दिनुभयो। उहाले सहभागिहरुले उत्पादन गरेका सामग्रिहरुलाई बजार सम्म पुर्याउन नगरले समन्वयकारी भुमिका खेल्ने बताउनुभयो ।
सैनामैना नगरपालिका कार्यपालिका सदस्य तथा सामाजिक बिकास समितिका संयोजक सुरज बरालले तालिम लिगिसकेपछि सानो लगानिमा ब्यबसाय सुरु गर्न सकिने भएकाले राम्रो सँग सिक्न जरुरी रहेको बताउदै व्यबसाय गर्न नसक्नेहरुका लागि सुनचाँदी ब्यबसायी सङ्ग समन्वय गरेर रोजगारको ब्यबस्था गरिदिने प्रतिबद्धता समेत गर्नुभयो ।
कार्यक्रम संयोजक बिजय गजमेरले तालिम तालिममा मात्रै सिमित हुन नहुने भन्दै सिप सिके पछि सानो लगानीमा भएपनि उत्पादनमा जोडिनु पर्ने भन्दै स्थानिय व्यावसायिलाई सुनचाँदी बनाउनका लागि चाहिने कालिगढ उत्पादन गर्न सके मात्र कार्यक्रम फलदाई रहने बताउनुभयो ।
कार्यक्रममा सैनामैना नगरपालिकाका कार्यपालिका सदस्य तथा सामाजिक विकास सभापति सुरज बराल, कार्यपालिका सदस्य माया बिक , डोल बहादुर सुन्धौली , टेक बहादुर बिक , वडा ८ का वडा सदस्यहरु सुमित्रा परियार , सैनामैना दलित उत्थान समितिका निवर्तमान अध्यक्ष अम्बिका परियार, सैनामैना सुनचाँदी ब्यबसायी संघ सैनामैनाका अध्यक्ष निर्मल कालिराज , रुपन्देही सुनचाँदी व्यावसायि संघ रुपन्देहीका जिल्ला सदस्य दुर्गा गौतम , सचिब गौतम , सामुदायिक जागरण बिकास मञ्च रुपन्देहीका अध्यक्ष राम बहादुर बिक ,कुमार नेपाली लगाएतको उपस्थिती रहेको थियो ।
सैनामैनाका सवै वडाबाट १५ जना दलित युवा युवतीहरुको सहभागिता रहेको ६५ दिने उक्त तालिमको सहजिकरण व्यबसायी सागर सुनार , बिजय गजमेरले गर्नुहुनेछ ।
कार्यक्रम सैनामैना दलित उत्थान समितिका अध्यक्ष जयलाल बिकको अध्यक्षता , उपाध्यक्ष सीता दर्नालको स्वागत मन्तव्य तथा महासचिव माया रसाइलीको सञ्चालनमा सम्पन्न भएको हो ।