
सैनामैना ।
योंग कम्युनिष्ट लिग नेपाल ( वाईसीएल ) सैनामैनाको दोस्रो नगर सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ । सोमवार रुपन्देहीको सैनामैना वडा ६ मा नेकपा माओवादी केन्द्र लुम्विनी प्रदेश अध्यक्ष सुदर्शन बरालको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो ।
प्रमुख अतिथि प्रदेश अध्यक्ष सुदर्शन बरालले पार्टीप्रति जनताको विश्वास पुनः फर्किएको दाबी गर्दै माओवादीले फेरि एकपटक देशको नेतृत्व गर्नसक्ने बताउनुभएको छ ।
उहाँले भन्नुभयो “फेरि एकपटक माओवादी पार्टी सच्चिएर जनताको बीचमा आएको छ । देशको नेतृत्व माओवादीले नै गर्न सक्छ । यसको नेता प्रचण्डलेनै देशको नेतृत्व गर्नुहुन्छ । अहिले देशभर माओवादीप्रति जनताको लहर चलेको छ ।”
बरालले पार्टीको मूल एजेन्डा—समाजवादउन्मुख समृद्धि, समानता र सामाजिक न्याय—प्रति प्रतिबद्धता जनाउँदै भन्नुभयो, “हाम्रा युवालाई स्वदेशमै रोजगारी दिनुपर्छ । जनतालाई गाँस, बास, कपास र उपचारको ग्यारेन्टी गर्नुपर्छ । आत्मनिर्भर अर्थतन्त्र निर्माण नगरी समृद्ध नेपाल सम्भव छैन ।”
उहाँले माओवादीले मात्र देशलाई एकताबद्ध गर्न सक्ने र विविधतामा एकता कायम गर्दै जनसमुदायलाई एकीकृत गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो । “माओवादीले देशलाई एकताबद्ध गर्न सक्छ, जनसमुदायलाई एकीकृत गर्न सक्छ, र अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित र स्वाभिमानी ढंगले अघि बढाउन सक्छ,” बरालले भन्नुभयो ।
युवाहरू राष्ट्र निर्माणको मूल आधारको रूपमा चित्रण गर्दै उहाँले भन्नुभयो, “देशको समृद्धि र परिवर्तनको मूल शक्ति युवा हुन ्। वाईसीएलले देशको हरेक राजनीतिक परिवर्तनमा अग्रणी भूमिका खेलेको छ र आगामी दिनमा अझ जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने आवश्यकता छ । बरालले संगठनलाई अझ व्यवस्थित, अनुशासित र जनमुखी बनाउन जोड दिनुहुँदै पार्टी र जनताको बीच पुलको रूपमा काम गर्न सदस्यहरूलाई आह्वान गर्नुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र लुम्विनी प्रदेश सदस्य दिपिका शर्मा, वाईसीएल नेपाल केन्द्रिय सचिव माधव वस्नेत, सेनामैना नगर अध्यक्ष मान बहादुर महत, नगर उपाध्यक्ष दिपक भण्डारी, सुमित्रा पराजुली, नगर सचिव राजेन्द्र घिमिरे, वाईसीएल नेपाल रुपन्देही अध्यक्ष केशव कुवर लगायतका नेताहरुको उपस्थिती रहेको थियो । सम्मेलनमा बोल्ने बक्ताहरुले पार्टीलाई सुदृढ बनाउने, संगठनलाई अनुशासित र जनमुखी बनाउने विषयमा धारणा राखेका थिए ।
यसै विच नेकपा ९माओवादी केन्द्र० को भातृ संगठन वाईसिएल नेपालको सैनामैना नगरपालिकाको दोस्रा नगर सम्मेलनबाट आशिष ज्ञवालीको अध्यक्षतामा ३२ सदस्यीय नगर कमिटी गठन भएको छ । जस्को उपाध्यक्षमा पुष्पा चौधरी, हिम पौडेल, पुर्ण बहादुर थापा सचिवमा विशाल घिमिरे, सहसचिवमा खेमराज थारु र कोषाध्यक्षमा विष्णु चौधरी लगायतले सैनामैना नगरमा नयाँ नेतृत्वको जिम्मेबारि लिएका छन ।
सम्मेलन सहसंयोजक आशिष ज्ञवालीको अध्यक्षता वाईसिएल नेपाल सैनामैना नगर इन्चार्ज गोविन्द खरेलको स्वागत तथा नगर सह सचिव मनिस जिसीको सन्चालनमा सम्पन्न भएको हो ।