जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

सैनामैना, ४ जेठ । साझा टेलिभिजन एचडीका स्टेशन म्यानेजर नविन घिमिरेले आफ्नो जन्म दिनको अवसरमा आईतबार अभिभावकविहीन विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुभएको छ ।

सैनामैना नगरपालिका वडा नंं ११ मा रहेको जनज्योति आधारभूत विद्यालयको ३८ औ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोहको अवसरमा सोही विद्यालयमा भूतपूर्व विद्यार्थी मञ्चका अध्यक्ष समेत रहनुभएका घिमिरेले ती सामाग्रीहरु वितरण गर्नुभएको हो ।
वितरण गरिएको शैक्षिक सामाग्रीहरुमा झोला, कापी, कलम जुत्ता, मोजा, ड्रेस लगायतका लगायत रहेको छ ।
आईतबार नै प्युठान घर भएका अति गरिव र विपन्न घर परिवारका विद्यार्थी विद्यालयमा भर्ना भएका छन् ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष रामप्रसाद भुसालले जन्मदिनको अवसरमा फजुल खर्च गर्नुभन्दा यस्तै सामाजिक काममा गरिएको लगानी सार्थक र उपलब्धिमूलक बन्ने बताउँदै विद्यार्थीहरुलाई सहयोग गर्नुभएकोमा साझा टेलिभिजनका स्टेशन म्यानेजर घिमिरलाई धन्यबाद दिनुभयो ।
सोही अवसरमा विद्यालयको भूतपूर्व विद्यार्थी मञ्चका अध्यक्ष समेत रहनुभएका घिमिरेले जन्म दिनको अवसरलाई केही फरक र रचनात्मक कृयाकलापका साथ मनाउँदै आएको स्मरण गर्दै यो बर्ष विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको बताउनुभयो ।
उहाँले विद्यार्थी संख्या घटिरहेकोमा चिन्ता व्यक्त गर्दै विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने हो भने पूर्व विद्यार्थी, अहिले अध्ययन गरिरहेका विद्यार्थी, जनप्रतिनिधि, शिक्षक, विद्यालय परिवार लगायत सवैले एक कदम अघि बढेर योगदान दिनुपर्र्नेे समय आएको बताउनुभयो ।

कार्यक्रममा विद्यालयमा विभिन्न विधामा उत्कृट हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । त्यसैगरी उत्कृट शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो ।
सोही अवसरमा विद्यालयमा स्थापना गरिएको अक्षयकोषबाट बिद्यार्थीलाई छात्रवृति वितरण गर्नुका साथै विद्यार्थीहरुलाई कपि वितरण गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम खरेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयको वार्षिक प्रतिवेदन प्रधानाध्यापक शिवलाल गिरीले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक पवन पोख्ररेलले गर्नुभएको थियो ।
सोही अवसरमा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष भूमिलाल सापकोटा तथा सैनामैना नगरपालिकाका वडा सदस्य ज्ञानबहादुर विष्ट लगायतले बोल्नुभएको थियो ।√

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation