
भैरहवा, १२ जेठ । रुपन्देहीमा नयाँ एसपीको आगमन संगै भैरहवा भन्सार नाकामा समस्या श्रृजना भएको छ । भारतवाट आउने मालवाहक ढुवानीका साधनहरुलाई ओभरलोड भएको भन्दै भन्सार विन्दुमा रोक्न खोजेपछि समस्या भएको भैरहवा भन्सार कार्यालय रुपन्देहीेले जनाएको छ ।
जिल्ला प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे र प्रहरी प्रमुख एसपी प्रदिप बहादुर क्षेत्रीको ठाडो आदेशमा भन्सार विन्दुमा नै भारतवाट आउने मालवाहक ढुवानीका साधनहरु सुरक्षाकर्मी लगायर रोक्न खोजेपछि समस्या भएको भन्सार एजेन्ट सघले जनाएको छ ।
भन्सार एजेन्ट महासंघ नेपालका अध्यक्ष प्राचिन कुमार थैबद्धारा जारी प्रेस विज्ञप्तीमा भन्सार विन्दुमा सरकारी पक्षबाट गरिएको अवरोधको विरोध गरिएको छ ।
भारतवाट आयात हुने औद्योगिक कच्चा पर्दाथ र खाध्यान्न लगायतका मालसामान बोकेका ढुवानीका साधनहरु विगत केहि दिन देखि भन्सार बिन्दुमा रोन्नु गतल भएको भन्दै एजेन्ट संघले गंभिर ध्यानाकर्षण भएको जनाएको छ ।
नाकाबन्दी र कोभिडका बेला सम्म निर्वाध रुपमा सञ्चालन भएको यो नाकालाई सुकाउनका लागि गरिएको चलखेल नियोजित भएको भन्दै रुपन्देहीका स्थानीयहरुले समेत विरोध गरेका छन् ।
राष्ट्रको प्रमुख नाकालाई कमजोर बनाउनका लागि ओभरलोडका को नाममा गरिएको चलखेलको भित्रि रहस्य बुझ्नुपर्ने उद्योगी व्यवसायीको भनाई रहेको छ ।
ओभरलोड भएको भनि उद्योगका लागि चाहिने कच्चा पदार्थ बोकेका ढुवानीका साधनहरुलाई भन्सार विन्दुमा रोकिदा, मालवस्तु पल्टी गर्दा चाहिने कामदार र पुर्वाधारको अभावको कारण पल्टी गरेर लैजाउ भन्ने नीति उद्योग व्यवसायीहरुको लागि अव्यवहारिक भएको भन्सार एजेन्ट संघले आफ्नो प्रेश विज्ञप्तीमा जनाएको छ ।
अन्य भन्सार नाकामा भारत तथा तेस्रो मुलुक आउने ढुवानीका साधनहरु विना अवरोध निर्वाध रुपमा संचालनमा आएको अवस्थामा भैरहवा भन्सारमा मात्र अवरोध गर्न खोज्नु गतल भएको भैरहवा भन्सार एजेन्ट संघका पूर्व अध्यक्ष तथा सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव कृष्ण प्रसाद घिमिरे बताए ।
भारतीय बाटो हुदै हजारौ किलोमिटर यात्रा तय गरी आएका ढुवानीका साधनहरुलाई सीमा नाका देखि एकदमै छोटो दुरीमा रहेको स्थान सम्म सामान पुराउनका लागि सामान पल्टी गर्न, थप ढुवानीका साधन खोज्नका लागि समस्या भएको तथा आवश्यक पूर्वाधार समेत नरहेको भैरहवा भन्सार एजेन्ट संघका अध्यक्ष मधु प्रसाद पन्थीले जानाकारी दिए । भन्सार विन्दुमा सिडियो र एसीको चलखेल गलत भएको भन्दै भैरहवा भन्सार कार्यालय, सिद्धार्थ उद्योग वाणिज्य संघ, चेम्बर्स अफ कमर्स भैरहवा, सिद्धार्थ सञ्जालले समेत विरोध गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले समेत गृह मन्त्रालय, अर्थ मन्त्रालयलाई पत्र लेख्दै ओभरलोडको नामा व्यवसायीलाई दुःख नदिन आग्रह गरेको छ ।
ढुवानीका साधन डाइभर्ट
भैरहाव भन्सार कार्यालय हुदै भारतवाट आउने ढुवानीका साधनहरु समेत पछिल्लो तिनदिनमा डाइभर्ट भएर कपिवस्तुका सुठौली भन्सार,कृष्णनगर भन्सार र नवलपरासीको महेशपुर भन्सार पुगेको भन्सार एजेन्टहरुले बताएका छन् । जेठ ८ गते ५७७ वटा ढुवानीका साधन भैरहवा भन्सारबाट भन्सार भएकोमा ९ गते ३४० र १० गते २५९ मात्र भन्सार भएको भैरहवा भन्सार कार्यालयको रेकर्डमा देखिन्छ । भन्सारको रेकर्डले पनि भन्सार बिन्दुमा चलखेल हुदा यो नाका हुदै आउने ढुवानीका साधनहरु अन्य भन्सार नाकाबाट भन्सार भै नेपाल प्रवेश गरेको बेलहिया स्थानीयहरुले बताएका छन् ।