
सैनामैना, जेष्ठ १५ । सैनामैना नगरपालिका रुपन्देहीले १८ औ गणतन्त्र दिवसको अवसरमा आज अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष भएको छ ।
विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको सोही ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ ।
सैनामैना नगरपालिकाले गणतन्त्र दिवस मनाइरहदा भने आफ्नै नगरपालिका भित्र रहेका सहिदहरुलाइ भने सम्झन सकेन । कोठे अन्तरक्रियामा सिमित गणतन्त्र दिवसमा सैनामैनाबाट नेपाल सरकारले २०८०/११/२४ गते राजपत्रमा प्रकाशित गरेका ९ जना सहिद परिवारलाइ कार्यक्रममा निमन्त्रणा नै गरेन, अझ भनौ गणतन्त्र प्राप्तिका लागि सहादत प्राप्त गर्ने ती महान सहिदहरुको नाम नै लिन चाहेन । यसरी गणतन्त्रका ती महान सहिदहरुको घरपरिवार आफन्त कहाँ छन के गर्दै छन भन्ने सामान्य जानकारी समेत नगरपालिका सङ छैन ।
कार्यक्रममा बोल्ने अधिकास बक्ताहरुले ती सहिदहरुको नाम नै लिन चाहेनन । यसरि हेर्दा गणतन्त्रका सहिदहरुलाइ सम्मान गर्न नसक्ने नगरपालिका र तेसको नेतृत्व गर्ने जनप्रतिनिधिले गणतन्त्र दिवस मनाएको पटक्कै नसुहायको सहिद परिवार तथा पुर्ब साम्सद सारदा घिमिरे ( लता) ले बताउनुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथि सैनामैना नगरपालिकाका प्रमुख फणीन्द्र प्रसाद शर्मा, उप प्रमुख बिना राना, प्रथम मेयर चित्र बहादुर कार्की, काङ्ग्रेसका चित्र बहादुर केसि, एमालेका खुसिराम चौधरी, माओबादी केन्द्रका दिपक भण्डारी, रास्वपाका राज बहादुर क्षेत्रि लगायतले आ आफ्नो धारणा राख्नुभएको थियो भने सैनामैना नगरपालिका वडा नम्बर चार का वडा अध्यक्ष राम प्रसाद अधिकारिले संचालन गर्नुभएको थियो ।