
सैनामैना, जेठ २१ । रुपन्देहीको सनामैनामा नगरपालिकामा आर्थिक बर्ष २०८१/८२ का लागि एकीकृत फोहोरमैला प्रशोधन केन्द्र एकला पहाडमा निर्माणका लागि संघीय सरकारको दुई करोड रुपैया फिर्ता हुने भएको छ । बजेटको समयमा कार्यान्वयन नहुदा बजेट फ्रीज हुने भएको हो ।
संघीय सरकारले समपुरक अनुदान मार्फत सैनामैना नगरपालिकालाई दुई करोड रुपैयाँ बजेट दिएको थियो । जनप्रतिनिधिले आफ्नो मेहनतमा बजेट पार्नु त कता हो कता परेको बजेट पनि कार्यान्वयन हुन नसक्नु सैनामैनाका लागि लज्जाको बिषय भएको छ ।