एसइईमा सैनामैना पर्रोहा परमेश्वर नमुना मावि उत्कृष्ट र जनचेतनाको सत प्रतिशत नतिजा

यस बर्षको एसईई परीक्षामा सैनामैना नगरपालिकाभित्र रहेका विद्यालयहरु मध्ये सैनामैना वडा नम्बर १, रानिबगियामा रहेको सामुदायिक बिद्यालय सैनामैना पर्रोहा परमेश्वर नमुना मावि विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।

शुक्रबार देशैभर प्रकाशित भएको एसईई परीक्षाको नतिजा आउँदा रानिबगियामा रहेको पुरानो सरकारी विद्यालय सैनामैना पर्रोहा परमेश्वर नमुना माविले यो बर्ष गत वर्षको भन्दा उत्कृष्ट नतिजा ल्याएको जनाइएको छ । विद्यालयका प्रधानाध्यापक नेत्र पुरिका अनुसार यो बर्षको(एसईई) मा ९५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
उनले भने, ४ जिपिए ल्याउने ४ जना, ३.९५ भन्दा बढि जिपिए ६ जना सहित १७९ जना उत्तीर्ण भए भने, १० जनाले पुरक परीक्षा दिन पाउनेछन्, यो नतिजा हेर्दा गत बर्षको भन्दा उत्कृष्ट र सन्तोषजनक नतिजा हो। उक्त विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु राम्रो नतिजा ल्याएर उतिर्ण हुने गरेका छन् ।

 

 

यसैगरि सैनामैना ९, बासगढिमा रहेको जनचेतना माद्यामिक बिधालयले भने सत प्रतिशत उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । स्कुलका प्रधानध्यापक कमल बेल्वासेका अनुसार यो बर्षको एसईई परिक्षामा जम्मा विद्यार्थी २९ जनाले परीक्षा दिएका थिए ।
प्रधानध्यापक बेल्वासेले भने,“यो हाम्रो सतप्रतिशत नतिजा हो, सवैजनाले उत्कृष्ट अङ्क ल्याएर उतीर्ण भएका छन्, गत साल भन्दा पनि राम्रो र उत्कृष्ट नतिजा हो, हामी विद्यार्थीलाई आगामी दिनमा अझै उत्कृष्ट नतिजा ल्याउनको लागि प्रयासरत रहेका छौ, यो हाम्रो विद्यालयको सफलता पनि हो ।

सस्थागत बिधालय तर्फ न्यु एकेडमी बोर्डिङ स्कुल, मुर्गियाले पनि सत प्रतिसत बिद्यार्थी उत्तीर्ण गराउन सफल भएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation