
सैनामैना, अषार १७। रुपन्देहीको सैनामैना नगरपालिकाले शिक्षाको गुणस्तरमा आमुल परिवर्तन गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सार्वजनिक भएको परीक्षाफलले यसको पुष्टि गरेको हो ।
एसईईको नतीजामा सैनामैना नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयबाट चार जीपिए ल्याउने विद्यार्थी १० जना छन् ।
जसमा सैनामैना पर्रोहा परमेश्वर नमुना माविमा मात्र चार जिपीए ल्याउने विद्यार्थी ४ जना रहेको सैनामैना नगरपालिकाका नगर शिक्षा प्रमुख तथा निमित्त प्रमुख प्रसासकिय अधिकृत टिकाराम शर्माले जानकारी दिए ।
हरेक बर्षको एसईईको परीक्षामा उत्कृष्ट नतीजा निकाल्दै आएको
सैनामैना पर्रोहा परमेश्वर नमुना माविले यो बर्ष पनि चमत्कार गरेको हो ।
यस्तै सामुदायिक तर्फ रामापुर माद्यामिक बिधालयका एक जना, जनकल्याण माध्यामिक बिद्यालयले एक जनाले चार जिपिए ल्याएका छन । सस्थागत तर्फ प्रभात इङलिस बोर्डिङ स्कुलले दुई जना, सैनामैना मेमोरियल इङलिस स्कुलले एक जना, सुनगाभा पब्लिक इङ्लिस स्कुल एक जनाले चार जिपिए ल्याएर सबैभन्दा राम्रो नतीजा हो ।
यस्तै न्यु एकेडेमी इङलिस बोर्डिङ स्कुलबाट ४६ र जनचेतना माध्यमिक बिधालयबाट २७ जनाले एसईईमा परिक्षा दिएका थिए । दुई बिधालयले सत प्रतिसत नतिजा ल्याएर आफुलाइ अब्बल शैक्षिक हस्तिका रुपमा उभ्याएका छन ।
सैनामैनाका २३ विद्यालयबाट एसईई परीषा दिने विद्यार्थी १५ सय ५० जना रहेका थिए ।
सैनामैना नगरपालिकाले गुणस्तरीय शिक्षाका लागि बर्षेनी विद्यालयहरुमा लगानी बढाउँदै आएको नगर प्रमुख फणीन्द्र प्रसाद शर्माले बताएका छन ।
विद्यालयका भौतिक संरचनादेखि शिक्षक दरबन्दी मिलान, बेला बेला अनुगमन, शिक्षक तालिम लगायतका काम गर्दै शिक्षामा लगानी बढाइहेको उनले जनाए ।
‘शिक्षा नै विकासको मूल प्रवाह हो । शिक्षामा गरेको लगानी तत्काल नदेखिन सक्छ, उनले भने’, ‘हामीले शिक्षामा गरेको लगानी विस्तारै देखिदैछ ।’