
सैनामैना । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जिपिए ल्याउन सफल सैनामैनाको सुनगाभा पब्लिक स्कुलले विधार्थी सम्मान सहित नगर परिक्रमा गरि खुशीयाली मनाएको छ ।
२०७२ सालमा देशमै एसएलसी प्रथम हुन सफल सुनगाभा स्कुलले ९ बर्ष पछी पुन जिपिए ४ ल्याएर आफ्नो अब्बलतालाई निरन्तरता दिएको छ ।
विधालयबाट १ जना जिपिए ४ सहित उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीलाई सम्मान सहित नगर परिक्रमा गरिएको हो ।
विद्यालयबाट यसबर्ष एसईईमा ९६ विद्यार्थी सहभागी भएका थिए । जसमध्ये १ जना ४ जिपिए, २६ जना विद्यार्थीले ३.६ देखि ४ जीपीए, ५० जनाले ३.२देखि ३.६ जीपीए र १५ जना विद्यार्थीले २.८ देखि ३.२ जीपीए ल्याउन सफल भएका छन् भने ५ विद्यार्थी अनुत्र्तीण भएका छन् । उक्त विद्यालयबाट ९६ जना विद्यार्थी परीक्षामा सम्मेलित मध्ये ९१ जना अर्थात ९४.८ प्रतिशत विद्यार्थी उतीर्ण सफल भएका छन् ।
सोमबार आयोजना गरिएको सम्मान कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य तिलब के.सी.ले दिव्यानी मेहेनति, अनुशासित र अतिरिक्त क्रियाकलापमा अब्बलसंगै कक्षामा पनि उत्कृष्ट नतिजाका साथ उर्तिणा हुन सफल विधार्थि हुन् । उनको मेहेनतले यो नतिजा आउनेमा विश्वस्त रहेको बताउदै विधार्थी, अभिभावक र शिक्षकहरुको अथाह मेहेनतले नै यो शुखद नतिजा प्राप्त गर्न सफल भएको बताउनुभयो ।
विधालयले किताबी ज्ञानसंगै अतिरिक्त सिकाईमा जोड दिदै आएकाले सुनगाभा हरेक विधामा अगाडि रहेको उल्लेख गर्दै स्कुल थप प्रगतिको पथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै उहाँले उर्तिण विद्यार्थीहरुलाई प्राप्त ग्रेडको आधारमा नभई आफ्नो रुचि क्षमता अनुसार कलेज र विषय छनोट गरेर अघि बढ्े सफलता प्राप्त गर्ने बताउनुभयो ।
एसईईमा विद्यालयबाट ४ जिपिए ल्याउन सफल विद्यार्थी दिव्यानी गौतमले निरन्तरको मेहेनतले आफु यो नतिजा ल्याउन सफल भएको बताउनुभयो । शिक्षकहरुको मार्गदर्शन र परिवारको साथ सहयोगले आज यो नतिजा हासिल गर्न सफल भएकोमा खुशी लागेको बताउनुभयो । उहाँले कानुन विषयबाट अबको उच्च शैक्षिक यात्रा अगाडी बढाउने जानकारी दिदै अझ राम्रो गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
शिक्षा विकास तथा समन्वय इकाई रुपन्देही प्रमुख माधव बन्जाडेले व्यवहारिक र सीपयुक्त शिक्षा आजको आवश्यकता रहेको बताउनुभयो । परिवर्तित शिक्षा अनुसार असल संस्कार र प्राविधिमैत्री शिक्षा दिनुपर्ने जोड दिनुभयो । उहाँले यसवर्ष रुपन्देहीको शैक्षिक नतिजा विगतको तुलनामा धेरै सुधारोन्मुख रहेकाले विद्यालयले विद्यार्थीको माग र आवश्यकता अनुसार शिक्षण सिकाई गर्नुपर्ने बताउनुभयो । साथै उर्तीण विद्याथीहरुलाई अभिभावकको इच्छा वा साथीको लहलहैमा विषय छान्नु भन्दा पनि भोलिको भविष्य निर्धारण गरेर उच्च शिक्षा अध्ययनमा अघि बढ्न सुझाव दिनुभयो ।
विधालयका प्रमुख सल्लाहकार कृष्ण पङ्गेनीले विधालय स्थापनादेखि नै उत्कृष्ट र अब्बल हुदै देशमै पहिचान बनाउन सफल भएको भन्दै विद्यालयमा शिक्षा मात्र नभई विद्यार्थीमा संस्कृति र संस्कार, आधुनिक आवश्यकता अनुसारको प्राविधिक शिक्षा लगायतका शिक्षण सिकाइमा जोड दिई अगाडि बढ्न सुझाव दिनुभयो । उर्तिण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै सुनगाभामा अध्ययन गरेका विद्यार्थीहरु हरेक क्षेत्रमा डाक्टर, इन्जिनियर, शिक्षक लगायत उच्च पदमा रहेको बताउँदै उहाँले एसईईपछिको उच्च शिक्षा अध्ययनका लागि अभिभावकले बालबालिकाको रुचि अनुसारको विषय पढाउन सहजीकरण गर्न आग्रह गर्नुभयो ।
सुनगाभा स्कुलले दिने नतिजाले नै अब्बल विधालयको रुपमा परिचीत रहेको सैनामैना–३ का वडा अध्यक्ष तम बहादुर पुर्जाले बताउनुभयो । एसईईमा उत्कृष्ट नतिजा ल्याउन विद्यार्थीको कडा परिश्रम नै आवश्यक पर्ने उर्तिण विधार्थीहरुलाई शुभकामना दिनै उहाँले आगामी शैक्षिक गन्तव्यका लागि अनुशासित र अध्ययनशिल बनेर अघि बढ्न अनुरोध गर्नुभयो ।
विधालयका प्रमुख सल्लाहकार कृष्ण पङ्गेनीले विधालय स्थापनादेखि नै उत्कृष्ट र अब्बल हुदै देशमै पहिचान बनाउन सफल भएको भन्दै विद्यालयमा शिक्षा मात्र नभई विद्यार्थीमा संस्कृति र संस्कार, आधुनिक आवश्यकता अनुसारको प्राविधिक शिक्षा लगायतका शिक्षण सिकाइमा जोड दिई अगाडि बढ्न सुझाव दिनुभयो ।
विद्यालल संचालक समितिका अध्यक्ष डिल्लीराज गौतमले विद्यालयको नतिजाले विद्यालयको गरिमा थप बढेकोले यो सफलतालाई निरन्तरता दिन लाग्नुपर्ने जोड दिनुभयो ।
विद्यायलबाट सुरु भएको खुशीयाली ¥याली सालझण्डी, कलौनी, मुर्गिया, रानीबागीय पुगेर बाबरी पार्टी प्यालेसमा आएर समापन भएको थियो । बधाई तथा सम्मान कार्यक्रमको संचालन बिधालयका शिक्षक कमल पौडेलले गर्नुभएको थियो ।