समयमानै निर्माण सम्पन्न भयो सालझण्डी स्वास्थ्य चौकि

सैनामैना, अषाढ २६ । अहिले देशका अधिकांश ठेकेदार योजनाको ठेक्का लिएर काम नसकेर कारवाही भोगिरहेका छन्। तर सैनामैनाका एक ठेकेदारले तोकिएको समयमा नै निर्माण सम्पन्न गरी हस्तान्तरण गरेका छन् ।

श्रीकृष्ण कन्ट्रक्सन सैनामैना ११ ले सैनामैना ११ मा रहेको सालझण्डी स्वास्थ्य चौकी निर्माणकालागि गत फागुन ४ गते इभिडिङ मार्फत ठेक्का पारी सम्झौता गरेको थियो । सम्झौता गरेको योजना चार महिनामै निर्माण सम्पन्न गरेको छ ।

श्रीकृष्ण कन्ट्रक्सनका प्रमुख ईन्जिनियर विशाल घिमिरेका अनुसार सम्झौता समयावधि छोट्टो भयपनी समयमानै काम सकाउनुपर्ने चुनौती थियो, तेसैले दिन र रातको सिफ्ट गरि काम गरेउ र समयमानै हस्तान्तरण गर्न सकेको उनले बताएका छन । सालझन्डी स्वास्थ चौकी लगाएत विभिन्न योजना समयमा नै हस्तान्तरण गरेर नमुना ठेकेदारको रुपमा स्थापित भएका छन् ।              ५६ लाख ५८ हजार ९४ रुपैयाँमा ठेक्का लिएको श्रीकृष्ण कन्ट्रक्सनले स्वास्थ्य चौकीको भवन समयमा नै सम्पन्न गरि हस्तान्तरण गरेको छ ।

जिल्लाका धेरै ठेकेदार आयोजना अलपत्र पारेर कारबाहीमा परेको बेला श्रीकृष्ण कन्ट्रक्सनले अन्य निर्माण कम्पनीलाई यसले नयाँ पाठ सिकाएको कन्ट्रक्सनका प्रमुख नेत्र प्रसाद घिमिरेले बताए । उनी यो ब्यवसायमा १० वर्ष अघि प्रवेश गरेका हुन् ।

सालझन्डी स्वास्थ्य चौकी समयमा नै निर्माण सम्पन्न भएको भन्दै सैनामैना नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष राम प्रसाद भुषालले भने अब पिछडिएका जनता सुबिधा सम्पन्न स्वास्थ्य चौकिबाट लाभान्भित हुने र छिमेकी पालिकाका जनता पनि एसबाट लाभान्वित हुने बताउदै अब छिट्टै नयाँ भवनबाट सेवा सुभारम्भ हुने बताएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation