सैनामैनाको शहिद रामापुर क्याम्पसमा ‘उद्यम-शिक्षा संगम २०८२’ आयोजना गरिँदै

बुटवल । युवा विद्यार्थी, उद्यमी र सामाजिक कार्यकर्ताहरुबिच ज्ञान, अनुभव आदानप्रदान गर्ने उद्देश्यका साथ सैनामैनास्थित शहिद नारायण पोखरेल रामापुर क्याम्पसमा ‘सैनामैना उद्यम शिक्षा संगम २०८२’ हुने भएको छ । साउन ९ गते शुक्रबार हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको पत्रकार सम्मेलन गरि क्याम्पस प्रमुख हेम बहादुर थापाले बताए ।

कार्यक्रममा प्रमुख बक्ताका रुपमा ईड्राईभ लुम्बिनी प्रदेशका अध्यक्ष राजकुमार गुप्ताले डिजिटल युगमा युवा उद्यमिता तथा गाउको घर ईको फार्म हाउस पाल्पा र नेपाली लुगाका समुन्द्र घिमिरेले परम्परागत ब्यवसाय र नविनतम प्रविधिको समन्वय विषयमा प्रस्तुति दिने उनले बताए । कार्यक्रमबाट विभिन्न जिल्लाका करिब ३०० सय युवा विद्यार्थीहरुले प्रत्यक्ष ज्ञान, ३५ बढि स्थानिय उद्यमीहरुको ब्यवसाय प्रदर्शन, विद्यार्थीहरुलाई ब्यवहारिक कौशल पिचिङ र नेटवर्किङ सिकाई, स्थानिय स्तरमा उद्यमी र शिक्षा उद्यमी शिक्षा समन्वय हुने उनको दाबी छ

यसैगरि युवा उद्यमिताः अवसर र चुनौतीहरु, डिजिटल मार्केटिङ र स्थानिय ब्यवसाय, सामाजिक उद्यमिता र स्थानिय विकास विषयमा वर्कशप÷प्यानल छलफलका साथै क्याम्पसमा अध्ययरत विधार्थीहरुको ब्यवसायिक विचारहरु प्रस्तुत मध्येबाट उत्कृष्टलाई पुरस्कृत गरिने उनले बताए ।

कार्यक्रममा क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष यदुलाल पन्थले निरासाका बिच सकारात्मक सोच विकास गर्ने रुपमा कार्यक्रम आएको बताए । कलेजहरु सैद्घान्तिक ज्ञानमात्र नभई ब्यवहारिक र सामाजिक उत्तरदायित्वका कार्यक्रममा समेत उत्तिकै काम गरिरहेको उनले दाबी गरे ।

समुदायमा हरेक घरमा विदेश नजाने युवा नै नरहेको भन्दै उनले युवालाई स्वदेशमा नै उद्यमसंग जोडेर लैजान सकिने सम्भावना पछिल्लोपटक देखिएको बताए । सामाजिक उत्तरदायित्व अन्तरगत कलेजबाट कार्यक्रम गर्न लागेको उनले बताए ।

शिक्षालयलाई बेरोजगार जनशक्ति उत्पादन गर्ने थलोको रुपमा आउने आरोप खण्डन गर्न समेत यस्ता ब्यवहारिक कार्यक्रम उपयुक्त हुने कलेजका प्राचार्य दिनेश पन्थीको दाबी छ । आफ्नै क्षेत्रमा रहेका युवा उद्यमीहरुको सफलतालाई सुनाउने र विद्यार्थीहरुमा रहेको आईडियालाई प्रदर्शन र मार्केटिङ गर्ने माध्यमका रुपमा कार्यक्रम रहेको उनले बताए ।

कलेजबाट हुने यस्ता कार्यक्रमलाई विश्वविद्यालय अनुदान आयोगबाट सहयोग रहने उनले बताए । विभिन्न जिल्लाका प्लस टु पास गरेका, ब्याचलर र मास्टर्स पढ्दै गरेका विद्यार्थीहरु कार्यक्रममा सहभागी हुने उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation