वाइसिएल रुपन्देही सार्वजनिक स्थलको सरसफाइमा जुट्दै

नेकपा (माओवादी केन्द्र)को सहायक संगठनको रूपमा रहेको योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपाल, रुपन्देही सार्वजनिक स्थलहरूको सरसफाइमा जुटेको छ । वाइसिएल केन्द्रको केन्द्रीय कार्यक्रम ‘श्रम तथा उत्पादनमा वाइसिएल’ अभियानअन्तर्गत वाइसिएल रुपन्देही सार्वजनिक स्थलहरूको सरसफाइमा जुटेको हो ।

वाइसिएल रुपन्देही अध्यक्ष गोबिन्द खरेलले वाइसिएल केन्द्रको कार्यक्रमअनुसार सार्वजनिक स्थलको सरसफाइ, वृृक्षरोपण तथा श्रमदानका विभिन्न कामहरूमा जोड दिइएको बताए । उनले भने, ‘जिल्लाको अभियान उद्घाटनको क्रममा सहिद रामेस्वर यादव खेल मैदान परिसर सरसफाइ गरेका थियौँ ।’
उद्घाटनमा रुपन्देही सुद्दोधनमा रहेको खेलमैदानवरिपरिको नाली सफा गर्नुका साथै मैदानमा उम्रेको झार र बुटा कटिङ गरेर सफा गरिएको थियो ।

‘श्रम तथा उत्पादनमा वाइसिएल’ अभियानअन्तर्गत अब रुपन्देहीका पालिकाहरूमा केन्द्रित हुनेछ । जसमा पालिकाहरूमा श्रम र उत्पादनमा आधारित विभिन्न कार्यक्रम तय गरिएको जानकारी दिइएको छ । ‘जिल्लाका १६ वटै पालिकामा वाइसिएलको कमिटी छ । अब पालिका कमिटीहरूले पालिकामा अनुकूल हुने गरी श्रम र उत्पादनमा जोडिएका कार्यक्रमहरू सुरु गर्नेछन् ।’

सरसफाइ कार्यक्रममा प्रमुख अतिथी माओवादी केन्द्रका रुपन्देही इन्चार्ज सिनिया यादब, केन्द्रिय सदस्य राम परियार, वाइसीएल केन्द्रिय उपाध्यक्ष माधब बस्नेत, लुम्बिनी प्रदेश इन्चार्ज निर्मला केसि, जिल्ला इन्चार्ज केसब कुवर र जिल्ला सचिब सन्दिव यादबको सन्चालना सम्पन्न भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation