देउवापार गाइजद्वारा तिज गीत प्रतियोगिता : महालक्ष्मी कृषि समुह प्रथम

साउन ३१ शनिबार
सैनामैना । सैनामैना ७ देउवापारमा रहेको देउवापार गाइजले वडा स्तरीय तिज गित प्रतियोगिता सम्पन्न गरेको छ । वडा भित्रका १० वटा समूह तथा संस्थाहरुको प्रस्तुति रहेको प्रतियोगितामा महालक्ष्मी कृषि समुह प्रथम हुन सफल भएको छ । कार्यक्रममा दुर्गा महिला समूह द्वितीय हुन सफल भएको छ भने बहुलक्ष्मी आमा समूह तृतीय हुन सफल भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सैनामेना सातका वडा अध्यक्ष राजकुमार चाैधरीले क्लवको सक्रियतालाई धन्यवाद दिदै प्रतियोगि महिलाहरुले गितका माध्यमबाट उठाएका कुरा निकै सान्दर्भिक बताउनुभयो । नेपाल कला संस्कृतिमा धनि रहेको भन्दै सबैको संरक्षण आवश्यक रहेको भन्दै यस्तै अझ भव्य कार्यक्रम अर्को वर्षबाट वडाको आयोजनामा गरिने बताउनुभयो ।
यस्तै कार्यक्रम मनतव्य राख्दै समाजसेवी टिकाराम उप्रेतीले तिजका गितले नारीका कुरा समेट्न पर्ने बताउनुभयो ।

कार्यक्रम बोल्दै निवर्तमान कार्यपालिका सदस्य देवी कार्कीले तिज पर्व महिलाहरुले सुख दुख साटासाट गर्ने पर्व बनेको बताउनुभयो ।
लायन्स क्लव सैनामैना मलमलाका अध्यक्ष जीवन घिमिरेले कार्यक्रममा बोल्दै तिज पर्व र गितले नेपाली संस्कृतिको चित्रण गरेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै पत्रकार रमेश गैरेले नारीहरु एक शक्तिका रुपमा रहेको भन्दै गितमा व्यक्त भएका कुराहरू सम्बन्धित निकायबाट सम्बोधनको चरणमा जानुपर्ने बताउनुभयो ।
कार्यक्रममा कलाकार अमृत सुनारको प्रस्तुति रहेको थियो। कलाकार सुनारले आफ्नो सांगीतिक प्रस्तुतिमा अतिथि तथा दर्शकहरूलाई नचाएका थिए।

कार्यक्रम क्लबका अध्यक्ष विशाल पौडेलको अध्यक्षता, वडा अध्यक्ष राजकुमार चौधरीको प्रमुख आतिथ्यता , विभिन्न संघसंस्था तथा सहयोगी दाताहरूको आतिथ्यता ,कार्यक्रम संयोजक शोभा थापाको स्वागत एवं क्लबका सचिव आर्यन घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम सैनामैना नगरपालिका वडा नम्बर ७ देउवापारमा रहेको सभा हलमा सम्पन्न भएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation