
सैनामैना, भाद्र ४ । सैनामैना नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सार्बजनिक सम्पत्तिको संरक्षण गर्न नसक्दा नगरपालिकालाइ लिज बापदको लाखौ रकम घाटा लागेको छ । बुटवल गोरुसिङे सडक खण्ड निर्माणको जिम्मा पाएको आशिष निर्माण सेवाले गत पौष देखि निर्माण कार्यका लागि ठुला ठुला क्रेसर उधोग सार्बजनिक सम्पत्तिमा निर्माण गरेको छ ।
कानुनत बिकास आयोजनाले निर्माण सामाग्री राख्न र प्लान्टहरु निर्माण गर्न सकेसम्म निजि सम्पत्तिको प्रयोग गर्नुपर्ने छ । त्यो सम्भब नभएमा सार्बजनिक सम्पत्तिको अनुमती लिएर काम गर्न सकिने छ । तर आशिष निर्माण सेवाले भने कानुनलाइ लत्याउदै आफ्ना गतिविधि संचालन गरिरहेको छ ।
आखिर किन निर्माण कम्पनीले सैनामैना नगरपालिकालाइ टेरेन ? प्रश्न गम्भीर छ । आर्थिक बर्ष २०८१/८२ को माघमा कार्यपालिकाले आयोजनाको माग बमोजिम सैनामैना १, ७ र सालझण्डि क्षेत्रमा क्रेसर प्लान्ट राख्न अनुमती दिएको थियो । नगर कार्यपालिकाको बैठकलेनै भाडा लिने स्पष्ट कानुनी ब्यबस्था नभएको कारण देखाउदै २०८१ कार्तिक ९ गतेको कार्यपालिका बैठकले जिल्ला प्रसासन कार्यालयलाई भाडा तोकिदिन आग्रह गरेको ११ महिना बितिसक्दा पनि त्यो प्रक्रिया कहाँ पुग्यो आत्तोपत्तो छैन । कहाँ कस्को आस्वासनले आयोजनालाइ सैनामैना नगरपालिका वडा नम्बर ९ पिपलडाडामा क्रेसर प्लान्ट राख्न अनुमती दिइयो प्रश्न रहस्यमय छ ।
सैनामैना नगरपालिकाको चाल देखेरै होला वडा नम्बर एक स्वयमको पहलमा भने वार्षिक चार लाखमा आयोजना सङ सैनामैना नगरपालिकालाई कर बुझाउने गरि कर्साघाटको सार्बजनिक जग्गा भाडामा दिएर वडा नम्बर एकले उदाहरणिय काम गरेको छ । वडाको पहलमा नगरपालिकालाइ हुने राजस्व घाटाबाट बचाएको छ । तेसको अलावा ५ बुदे सहमति गरि अन्य बिकासका काम पनि आयोजनाले गर्ने सहमती गरेको छ ।
यस सम्बन्धमा काम के कसरी अगाडी बढिरहेको छ भनी सैनामैना नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवाली सङ सोधपुछ गर्दा, कुनै पनि सर्बजनिक जग्गा नगरपालिकाले उपलब्ध नगराएको बताउदै कहाँ कुन कम्पनीले कुन कुन प्रयोजनका लागि उपयोग गरेको छ आफुलाइ जानकारी नभएको बताए । कर्साघाटको जग्गाबाट त ४ लाख राजस्व आयो नि भन्ने प्रश्नमा आफुलाइ जानकारी नभएको पनि प्रस्ट पारे ।
तेस्तै प्रकारको सार्बजनिक जग्गाको भाडा कसको भित्रि सहमतिमा नगरलाइ लाखौ रकम घाटा हुने गरि सित्तैमा दिइयो यो भने खोजिको बिषय भएको छ । यश बिषयमा वडा नम्बर ९ का अध्यक्ष भानु पाण्डे सङ बुझ्दा अपारदर्शी मौखिक सहमतीको आधारमा आयोजनालाई दिइएको बताएका छन । स्थानीय पत्रकारहरुले पटक पटक सैनामैनाका मेयर फणीन्द्र प्रसाद शर्मालाइ झकझक्याएका थिए । मेयर फणीन्द्र प्रशाद शर्माले आउने कार्यपालिकाको बैठकमै एजेन्डाको रुपमा आफुले प्रस्तुत गर्ने र तेहिबाट छिनोफानो गर्ने बताएका थिए, तर कार्यपालिका बैठकमा भने यो सम्बन्धि कुनै प्रस्ताब नै नलगिएको कार्यपालिका सदस्य बताउछन ।
बुटवल गोरुसिङे चन्ड्रौटा सडक खण्डका ठेकेदार पक्षका अयोजना हेर्ने प्रमुख भानु जोसिसङ यो बिषयमा सोधपुछ गर्दा सबै आधिकारिक सम्झौता भएको छ, हाम्रो तर्फबाट पैसा बुझाएका छौ, नगरपालिकाले आन्तरिक कहाँ के के गर्छ त्यो हामीलाई थाहा हुने बिषय भएन उनले भने, हामी कानुन अनुसार नै काम गरेका छौ ढुक्क हुन आग्रह गरे ।