स्थानीयको अवरोधले सैनामैना नगरपालिकाको फोहोर बोकेका गाडी फर्किए

 

सैनामैना, भाद्र ६ । सैनामैना ९ र ११ पिपलडाडाका स्थानियहरुले सडक छेउको बस्तिमै फोहर फाल्न नदिने भएका छन् । सैनामैना नगरपालिकाले जथाभावि फोहोर फालेर दुर्गन्ध फैलिँदा बस्न सक्ने अबस्था नरहेको भन्दै सैनामैना बजारबाट फोहर लिएर गएका गाडीलाई आफूहरुले फर्काइ दिएको स्थानियले जनाएका छन ।

सैनामैना बजार क्षेत्रबाट संकलन गरेर लगेको फोहर छरपष्ट रुपमा फालेका कारण दुर्गन्ध र झिंगा भन्कीएर बस्न ग्राहो भएको फोहर पाल्ने ठाउँ देखि १०–१५ मिटर टाढाको दुरीमा रहेका हिमलाल अर्यालले बताए । ‘घर अगाडि ल्याएर नगरपालिकाले फोहर पाल्छ, त्यसको गन्धले एक छिन पनि घरमा बस्न सकिदैन, हामी कहाँ गएर बस्ने ? ’ गुनासो गर्दै उनले भने । सैनामैना नगरपालिकाले बिगत ७ बर्षदेखी सैनानैना ९ पिपलडाडा चिल्ड्रेन पार्कको छेवैमा फोहर फाल्दै आएको छ । नगरपालिकाले हजारौ नागरिकको स्वास्थयमा प्रतिकूला असर पुग्ने गरि पुर्ब पश्चिम् लोकमार्गको छेउ विच गाउँमा कुनै पनि हालतमा फोर फाल्न नदिने स्थानीयको अडान छ । ‘एक पटक गाडी फर्काइ दिएका र बल प्रयोग गरेर पुनः फोहर ल्याए गाडी जलाई दिने चेतावनी समेत स्थानीयले दिएका छन् ।

 

पुर्ब पश्चिम् लोकमार्ग सडक खण्ड अन्तर्गत सैनामैना पिपलडाडा उकालो नजिकै फोहोर फाल्दा सोही बाटो भएर आवातजावत गर्ने नागरिकहरु नाक बुझेर हिड्न बाध्य छन् भने छेउँछाउँका घरहरुमा झिंगा भन्कीने गरेको स्थानियको भनाई छ । सडेगलेका, मरेका सिनो पनि कुकुरले निकाल्दा झनै वातावरण प्रदुण बन्दै गएको भन्दै हैजा फैलीने सक्ने भन्दै स्थानिय त्रासमा रहेका छन् । डम्पीङक साइडमा फोहर फाल्ने वित्तिकै माटोले पुर्ने, त्यसको माथीबाट गिट्टि बिछ्याउने र दिनमा ३ पटक सम्म फिनायल, किटनासक औषधी छर्कीने नगरपालीकाले बताए पनि त्यसो नगरेको उनिहरुको आरोप छ ।
फोहोर जस्तो संबेदनसिल बिषायमा अबरोध भएको जानकारी नगरपालिका गराउदा समेत कुनै चासो नदिएको बरु जनप्रतिनिधि तिजका कार्यक्रममा अतिथी बन्ने र तिजमै रमाउने गरेको स्थानीयको आरोप छ ।

सैनामैना नगरपालिकाले दीर्घकालीन फोहोर ब्यबस्थापनका लागि सैनामैना नगरपालिका १० एकलापहाड क्षेत्रमा नेपाल सरकार मन्त्रीपरिषदको निर्णयबाट भोगाधिकार लिएको पनि आठ महिना बितिसक्दा समेत काम अगाडी बढाउन सकेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation