सुविसु नेटवर्कको लापरबाहीका कारण नागरिकलाई सास्ति

सैनामैना, भाद्र १० । सुबिसु नेटवर्क प्रालिको लापरबाहीका कारण सैनामैनाका अधिकास सेवाग्राही प्रभावित बनेका छन । इन्टरनेट सेवा जडान गरेर मर्मतमा सुबिसु कम्पनीले ध्यान नदिँदा तिजको मुखैमा आम सेवाग्राही प्रभावित बनेका हुन ।

सैनामैनाको सालझन्डी क्षेत्रमा हिजो दिउँसो २ बजे देखि केही टोलमा ईन्टरनेट सेवा बन्द भएको हो । सुबिसु केन्द्रिय कार्यालय र सैनामैना ब्रान्च हेर्ने कार्यलयलाइ पटक पटक फोन गरेर जानकारी गराउदा समेत सेवा दिन सकेको छैन । यसरी इन्टरनेट सेवा प्रदायक कम्पनिले आफ्नो सेवा छिटो छरितो बनाउन नसक्दा बिस्वस्नियता गुमाउने खतरा बढ्दै गएको छ ।

बढ्दो प्रविधिको प्रयोगसँगै सैनामैनाका सबै उपभोक्ताले इन्टरनेटमार्फत सेवा प्रबाह सुरु गरिका थिए तर इन्टरनेट सेवाप्रदायक कम्पनीको लापरबाहीले तिजको मुखैमा इन्टरनेट बन्द हुदा सेवाग्राही मारमा परेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation