
नेपाल शिक्षक महासंघ , रुपन्देहीले छोटाे मिठाे औपचारिक कार्यक्रम सहित शिक्षा विकास तथा समन्वय इकाईमा विगतमा सरकारसङ्ग गरिएको सहमतिमा सम्बोधन गर्नैपर्ने पेशागत सवाल र शैक्षिक मुद्दालाई शिक्षा बिधेयकमा वेवास्ता गरी संसदीय समितिले पास गरेको र जस्ताकोतस्तै संसदमा प्रस्तुत गरिएको सन्दर्भलाई लिएर ध्यानाकर्षण गराउने काम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल शिक्षक संगठनका राष्ट्रिय समिति सह अध्यक्ष गुणाखर भट्टराईले लामो समयको अन्तरालमा अन्तर्राष्ट्रिय अभ्यासलाई समेत ध्यान पुर्याउदै देशको समग्र शैक्षिक नीति आशालाग्दो हुनुपर्ने , पेशाकर्मीले खुशी सहित स्वागत गर्नुपर्नेमा उल्टो निराशा फैलाउने र विद्यालयका शिक्षक कर्मचारीलाई दुखी बनाउने गरी जारी हुन लागेको शिक्षा ऎनमा गरिएको प्रवन्धले सार्वजनिक शिक्षामा निकट भविष्यमै गम्भीर जटिलता सिर्जना हुने हुदा परिस्थितिको बिना आकलन धारणा निर्माण गर्ने नेपालका राजनितिक कर्मी ,शिक्षक समुदायप्रति निकै अनुदार उच्च पदस्थ कर्मचारी र केही स्वनाम शिक्षाविदलाई समयमै गम्भीर बन्न आग्रह गर्नु भएको थियो ।
शिक्षक संघ राष्ट्रिय लेखासमिति संयोजक कुल प्रसाद लामिछाने , नेपाल राष्ट्रिय शिक्षक संगठनका रुपन्देही अध्यक्ष धनिश्वर गौतम , मुवारक अलि , चण्डीप्रसाद पाण्डे लगायतले कार्यक्रममा आफ्ना धारणा राख्नु भएको थियो । ध्यानाकर्षण कार्यक्रममा नेपाल शिक्षक संघ लुम्बिनी प्रदेश अध्यक्ष लाल प्रसाद पङ्गेनी , रुपन्देही अध्यक्ष रुपकुमार रायमाझी , महासंघ राष्ट्रिय समिति सदस्य गङ्गा नेपाल , रुपन्देहीका पुर्व अध्यक्ष डिल्लीराज भण्डारी , शिक्षक परिषदका नेता भिम पाण्डे लगायत संघ , प्रदेश र स्थानीय पालिकाबाट प्रतिनिधित्व गर्नु हुने शिक्षक साथीहरूको उपस्थिति रहेकोे थियो । रुपन्देही महासंघका अध्यक्ष लिलाधर न्यौपानेले ध्यानाकर्षण पत्र वाचन गरी इकाई प्रमुख माधव बन्जाडेलाई बुझाउनु भएको थियो ।