
सैनामैना ।
जनकल्याण माद्यामिक बिधालय सैनामैना, ६ भाटाचौर अन्तर्गत नेपाल रेडक्रस सोसाइटी युवा रेडक्रस सर्कलको आयोजनामा सञ्चालन गरिएको रक्तदान कार्यक्रममा सैनामैना क्षेत्रका विभिन्न कार्यालयका प्रतिनिधिहरूको सहभागिता रह्यो ।
नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र बुटवलले प्राविधिक सहयोग प्रदान गरेको उक्त कार्यक्रममा ५६ जनाले ५६ पिन्ट रक्तदान गरे। शहरी बिपद पुर्बतयारी तथा आपतकालीन प्रतिकार्य प्रबन्धन ( सुपर ) परियोजनाको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
रक्तदान कार्यक्रममा सैनामैना नगरपालिका वडा नम्बर ६ का अध्यक्ष गोपाल पोख्रेल, जनकल्याण माबिका प्रधानध्यापक अर्जुन पोखरेल, रामापुर माबिका प्रधानध्यापक कृष्ण पौडेल लगायतले रक्तदान गर्नुभएको थियो ।
‘रक्तदान जीवनदान’ भन्ने मानवीय भावनाबाट प्रेरित भएर कार्यक्रममा विभिन्न व्यक्ति तथा संस्थाका प्रतिनिधिहरुले रक्तदान गरेका थिए ।