सैनामैना १० सालझण्डीमा रहेको युगल बचत तथा ऋण सहकारी सस्था लिमिटेडको १३ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाको अवसरमा उदघाटन मन्तब्य राख्दै प्रमुख अतिथी सैनामैना नगरपालिका वडा नंं १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरेले युगल बचत तथा ऋण सहकारी यस क्षेत्रकै उत्कृष्ट सहकारी रहेको बताउँदै यसले लिएको नीति प्रभावकारी रहेको उल्लेख गर्नुभयो ।
उहाँले सैनामैनाका सहकारीहरु उत्कृष्ट रहेको बताउँदै अवको दिनमा सहकारीहरुलाई मर्ज गरेर जानुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै सहकारीका संस्थापक अध्यक्ष गोविन्द पोखरेल, सालझण्डी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष तिलकराम घिमिरे, पशुपति माविका प्रधानाध्यापक हरिप्रसाद थापा र शेयर सदस्यको तर्फबाट प्रकाश पन्तले बोल्नुभएको थियो ।
बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष शिवलाल घिमिरेले युगल सहकारी सम्पूर्ण सेयर सदस्यहरुका लागि नमूना बन्दै गएको बताउनुभयो ।
उहाँले आफ्नो नेतृत्वमा रहेको समितिले अग्रजहरुको सम्मान गर्दै सहकारीलाई नमूना बनाउने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रमको संचालन सचिव पवन पोख्रेलले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष पार्वती कँडेलले गर्नुभएको थियो ।
आन्तरिक लेखा समितिको प्रतिबेदन लेखा समिती संयोजक गोबिन्द पोखेरले प्रस्तुत गर्नुभएको थियो ।
सहकारीमा १ हजार १ सय ४७ जना सेयर सदस्य मध्ये ५ सय ८३ जना महिला र ५ सय ६४ पुरुष सेयर सदस्य रहेका छन । सोही कार्यक्रममा उत्कृष्ट बचतकर्ता, अपांगता भएका र जेष्ठ नागरिक तथा मेधावी बिद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।











