सैनामैनामा रहेको जनचेतना माध्यमिक बिधालयको ४२ औ वार्षिक उत्सबको पुर्ब सन्ध्यामा आयोजित मैत्रीपुर्ण भलिबल प्रतियोगितामा रामापुर माबी प्रथम भएको छ ।
अन्तर बिधालय स्तरिय शिक्षकहरु बिच भएको भलिबल प्रतियोगितामा जनचेतना माध्यामिक बिधालय दोस्रो भएको छ भने रामापुर रिभाइबल ईंग्लिश स्कुल तेस्रो भएको छ । जनचेतना माध्यामिक बिधालयको खेल मैदानमा भएको खेलको उद्घाटन सैनामैना नगरपालिका वडा नम्बर ९ का अध्यक्ष भानु पाण्डेले गर्नुभएको थियो ।
जनचेतना माध्यमिक बिधालयले ४२ औ वार्षिक उत्सबको अवसरमा विभिन्न बिधामा खेल, अतिरिक्त क्रियाकलाप गर्दै आएको छ भने मुल समारोह पौष ७ गते हुने बिधालयका प्रधानध्यापक कमल बेल्बासेले बताउनुभएको छ ।











