सैनामैना, ९ माघ । रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं ४ मुर्गियामा संचालन भैरहेको नवौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत शुक्रबारसम्म ५३ वटा खेल सम्पन्न भएका छन । जसमा पशुपति मावि सालझण्डीले १२ स्वर्ण, १७ रजत र १३ कास्य गरि कूल ४२ पदक जित्दै प्रतियोगिताको शीर्ष स्थान बनाउन सफल भएको छ ।
त्यसैगरि रामापुर माबिले १० स्वर्ण, ५ रजत र १० कास्य गरि कूल २५ पदक जित्दै शीर्ष स्थानको दोश्रो स्थानमा रहन सफल भएको छ । त्यसैगरि सिद्धार्थ मेमोरियलले ७ स्वर्ण, ३ रजत र २ कास्य गरि कूल १२ पदक तथा पर्रोहा माविले ३ स्वर्ण, २ रजत र ७ कास्य गरि १२ पदक जित्दै अहिलेसम्म तेश्रो स्थानमा रहन सफल भएका छन ।
अहिलेसम्म प्राप्त नतिजा अनुसार प्रभात बोर्डिङ स्कुलले ७ स्वर्ण, लिटिल बर्डसले ४ स्वर्ण, मलमलादेवीले २ स्वर्ण, जनकल्याण माविले एक स्वर्ण, पश्चिम पर्रोहा माविले एक स्वर्ण र नवप्रभातले एक स्वर्ण जितेको छ ।
प्रतियोगिताको समापन शनिवार एक समारोहका बीच हुने भएको छ ।
प्रतियोगितामा आधारभुत तथा माध्यमिक स्तरका ३० वटा निजी तथा सामुदायिक विद्यालयका करिव ३ हजार विद्यार्थीहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।
सैनामैना नगर खेलकुद समितिका संयोजक खिम श्रेष्ठले सैनामैना नगरस्तरीय राष्ट्रपति रनिङशिल्डले सैनामैना खेलकुदमय बनेको बताउनुभयो ।











