आज सैनामैना महोत्सवमा अर्जुन सापकोटा सहित चर्चित कलाकारको लाइभ प्रस्तुति

७ औँ सैनामैना महोत्सव–२०८२ अन्तर्गत आज (माघ १६ गते, शुक्रबार) चर्चित राष्ट्रिय कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति हुने भएको छ । सैनामैना नगरपालिका–६ स्थित कलौनी (क्याम्पस गेट) मा सञ्चालन भइरहेको महोत्सवमा आज दर्शकको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ ।

आजको मुख्य कार्यक्रममा लोकप्रिय गायक अर्जुन सापकोटाको विशेष प्रस्तुति रहनेछ । साथै गायक दिपक दलार्मी मगर, विष्णु सिङ्जाली तथा गायिका रितु शाहीले पनि आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

सैनामैना व्यापार संघको आयोजनामा सञ्चालन भइरहेको महोत्सव माघ १२ गतेदेखि माघ २५ गतेसम्म चल्नेछ । महोत्सवमा व्यापारिक स्टल, स्थानीय उत्पादनको प्रदर्शनी, मनोरञ्जनात्मक खेल, सांस्कृतिक कार्यक्रम तथा प्रतियोगितात्मक कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।
महोत्सवका अतिरिक्त आकर्षणका रूपमा सैनामैना नृत्य प्रतियोगिता र नगरस्तरीय भजन प्रतियोगिता समेत समावेश गरिएको छ, जसले स्थानीय प्रतिभालाई उजागर गर्ने विश्वास गरिएको छ ।
“देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हितसहित सामाजिक एकता” भन्ने मूल नारासहित आयोजना गरिएको महोत्सवले स्थानीय व्यापार प्रवर्द्धन गर्नुका साथै सामाजिक सद्भाव बढाउने अपेक्षा आयोजकले लिएको छ ।
आयोजकले आजको सांगीतिक कार्यक्रममा सहभागिता जनाई महोत्सवलाई सफल बनाउन सम्पूर्ण दर्शक तथा नगरवासीलाई आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation