लुम्बिनी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कञ्चन गाउँ समितिले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि ५०१ सदस्यीय युवा विद्यार्थी परिचालन समिति गठन गरेको छ । नेकपाको तर्फबाट रुपन्देही क्षेत्र नं ५ का उमेद्धार वकिल मुसलमानको पक्षमा मतदानको माहोल निर्माण गर्न गगन रोका संयोजक र गोविन्द सुवेदी सह-संयोज रहनेगरी समिति गठन गरिएको निर्वाचन परिचालन मूल समितिका संयोजक हिरा बहादुर रोकाले जानकारी दिए ।
समिति घोषणा कार्यक्रममा प्रतिनिधि सभा सदस्य उमेद्धार वकिल मुसलमानले एकतावद्ध भएर प्रचार प्रसारमा लाग्न आग्रह गरे । जनताको पक्षमा वकालत गर्ने असली पार्टी नेकपा नै भएको दाबी गर्दै उनले पार्टीले गरेका कामको बारेमा जनतालाई बुझाउनु पर्नेमा जोड दिए । नेता मुसलमानले शिक्षा, स्वाथ्य र रोजगारीको सुनिश्चितताका लागि जनतालाई साथमै लिएर अघि वढ्ने बताए ।
सोही अवसरमा नेकपाको कञ्चन गाउँ समिति जनसम्पर्क कार्यालय पनि स्थापना गरिएको छ । जनसम्पर्क कार्यालयको स्थापना पश्चात निर्वाचन परिचालन कार्य थप सहज हुने विश्वास लिइएको छ ।










