वकिल मुसलमानले भने मलाई जिताउनुहोस मन्त्री बनेर जनताका धेरै काम गर्छु

बुटवल, फागुन १२ । नेपालि कम्युनिस्ट पार्टिका तर्फबाट उम्मेद्बार दिएका रुपन्देही क्षेत्र नम्बर ५ का मोहम्मद वकिल मुसलमान यतिबेला घरदैलो अभियानमा छन । चुनाबी सरगर्मी बढेसंगै वकिलको घरदैलो अभियान आक्रामक बनेको हो ।

रुपन्देही क्षेत्र नम्बर ५ मा हेबिवयट नेताका रुपमा आफुलाई मतदाता समक्ष उभ्याएका छन । यसै क्षेत्रबाट सम्सद जिति बन मन्त्री समेत भैसकेका मोहमद वकिल मुसलमानले आफू बन मन्त्री हुँदा गरेका कामले धेरै फर्निचर ब्यबसायिहरु आज पनि वकिल मुसलमानलाइ सम्झन्छन । उनले घरदैलोमा भनेका छन अन्य पार्टिका उमेद्वार भन्दा आफु यस क्षेत्रबाट जितेमा सिधै आफुले रोजेको मन्त्री बन्ने र जनताका धेरै काम गर्न सकिने बताएका छन ।

उनले भनेका छन, पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सङ निकट छु, प्रचण्ड पटक पटक मेरै घरमा आएर धेरै पटक खाना खाएका छन । प्रचण्ड यता आउदा मलाई नभेटी जादैनन । यत्ती मात्र कहाँ हो र उनले थपे नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्ण बहादुर महरा, बर्षमान पुन, ओनसरी घर्ती, चक्रपाणी खनाल (बलदेव) लगाएत सबै नेताहरु मलाइ राम्रो स्थानीय नेता मान्छन । यसरी हेर्दा म यो क्षेत्रबाट जनताले जिताएमा म रोजेको मन्त्रालय पाउछु तेसैले मलाई बिजयी गराउनुहोस भन्दै मतदाका घरदैलोमा छन ।

उनले घरदैलोमा जनतालाई भनेका छन । स्थानिय नेतालाई बिगतमा नजिताउदा यहाका जनताले निकै दुख पाए । म सङ प्रतिस्पर्धि कुनै पनि दलका नेता स्थानीय होइनन् कसैको नाममा मात्र स्थानीय भएको तर सबै उम्मेद्बारको काठमाडौमा घर छ भने नयाँ भनिएका दलका उम्मेद्बार स्थानिय होईनन । तेसैले मैले लुम्बिनी बासी भएकै कारण पनि सजिलै जित्नेमा बिस्वस्त छु उनले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation