बुटवल, फागुन १४ । नेपाली कम्युनिस्ट पार्टी रुपन्देही क्षेत्र नम्बर ५ का प्रत्यक्ष तर्फका उम्मेद्बार मोहम्मद वकिल मुसलमानको चुनावी सभालाइ सम्बोधन गर्न पुष्पकमल दाहाल (प्रचण्ड) फागुन १६ गते सनिवार रुपन्देही आउने भएका छन ।
प्रचण्ड फागुन १६ गते रुपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिका वडानम्बर ७ को सिबगडिया चोकमा हुने चुनावी सभालाई सम्बोधन गर्न हेलिकप्टर मार्फत आउन लागेका हुन ।
वकिल मुसलमानले चुनावी माहोल ततायसङै सबैको ध्यान यतै केन्द्रित भएको चुनाव प्रचार प्रसार संयोजक रोमनाथ न्यौपानेले जानकारी दिएका छन ।











