युवाका लागि युवा ( वाइ.एफ.वाई) को आयोजनामा हातमा विभिन्न व्यानरसहित मणिग्राम चोकमा युवाहरुले विरोध धर्ना गरेका छन ।कुनै नारीले लैङ्गिक आधारमा बलात्कार र हत्याहिंसाको सिकार हुन नपरोस र नहुन भनेर धर्ना कार्यक्रम आयोजना गरिएको युवाका लागी युवा संयोजक जीवन पाण्डेले जानकारी दिए।
के हाम्री छोरिहरु समाजमा सुरक्षित छन ? हिसा रहित समाज हाम्रो सपना भन्दै बलात्कार र हत्याहिंसा विरुद्ध सबैले आवाज उठाउनुपर्ने भन्दै युवाहरुले वृहत् सहभागिता कार्यक्रम आयोजना गरिएको उनले बताए ।सुर्खेत, विरेन्द्रनगरकी १६ वर्षिय इनिशा वि.क को बलात्कार पछिको हत्याको विरोध कार्यक्रम आयोजना गरिएको युवाका लागि युवाका सयोजक पाण्डेले बताए । कार्यक्रमकाे सञ्चालन दिपा थापाले गरिकी थिइन ।











