इजरायलले सबैभन्दा ठूलो ग्यास भण्डारमा आक्रमण गरेपछि इरानको जवाफी हमला, कतारलाई ठूलो क्षति

काठमाडौँ — विश्वकै ठूलो प्राकृतिक ग्यास भण्डार मानिने इरानको ‘साउथ पार्स’मा इजरायलले हमला गरेपछि इरानले कतारको रास लाफान औद्योगिक क्षेत्रमा जवाफी हमला गरेको छ। यसबाट कतारलाई ठूलो नोक्सान पुगेको छ।

कतारको सरकारी पेट्रोलियम कम्पनीले एक विज्ञप्ति जारी गर्दै बुधबारको मिसाइल हमलामा मुख्य ग्यास प्लान्टमा आगो लागेको र यसबाट धेरै नोक्सान भएको उल्लेख गरेको छ। प्रतिक्रियामा कतारले इरानका दुई कूटनीतिज्ञलाई निष्कासन समेत गरेको छ।

साउथ पार्समा हमलापछि इरानले खाडी क्षेत्रका अन्य ऊर्जा केन्द्रमा थप विनाशकारी हमला गर्ने धम्की दिँदै आफ्नो देशको ऊर्जा क्षेत्रमा गरिने कुनै पनि हमलाको कडा जवाफ दिने चेतावनी दिएको छ।

रोयटर्सका अनुसार इरानको रिभोलुसनरी गार्ड्सले इरानी मिडियामा विज्ञप्ति जारी गर्दै भनेको छ, ‘तिमीले इस्लामिक गणराज्यको ऊर्जा संरचनामा हमला गरेर ठूलो गल्ती गरेका छौ भन्ने चेतावनी फेरि दिन चाहन्छौँ।’

उसले अगाडि भनेको छ, ‘इस्लामिक गणराज्यको ऊर्जा संरचनामाथि हमला गरेर तिमीहरूले ठूलो गल्ती गरेका छौ। यदि यसलाई दोहोर्‍याइयो भने तिम्रा सहयोगीका ऊर्जा संरचना पूर्णरूपमा नष्ट नगरेसम्म हमला रोकिने छैन।’

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation