ढोरपाटनमा हिमपात

नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ। शुक्रबार दिउँसोदेखि भएको हिमपातले ढोरपाटन सेताम्य हिउँले ढाकिएको छ।

हिमपातले स्थानीयको जनजीवन प्रभावित बनेको छ।

हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्य भएको ढोरपाटन नगरपालिका–९ का स्थानीय धनबहादुर विकले जानकारी दिए।

हिमपातले गर्दा वस्तुभाउलाई घाँस दान हाल्नसमेत गाह्रो भएको स्थानीय विकले बताए। ती क्षेत्रमा केही दिन अगाडिदेखि सामान्य वर्षा भएको उनको भनाइ छ।

अहिले पनि निरन्तर हिमपात हुँदा स्थानीयलाई हिँडडुल गर्नसमेत समस्या भएको उनले बताए। आलु रोप्नका लागि अधिकांश स्थानीय बोबाङ, अधिकारीचौरलगायतका क्षेत्रबाट ढोरपाटन उक्लिए पनि हिमपातले गर्दा प्रभावित बनेको विकको भनाइ छ।

ुचैत महिनामा कहिलेकाहीँ मात्रै हिउँ पर्थ्यो, यसपालि गर्मी बढ्न लाग्दा हिउँ पर्‍यो, यतिबेला ढोरपाटनवासीलाई आलु रोप्ने चटारो थियो तर हिउँ पर्दा काम प्रभावित भयोु, उनले भने, ुअलिअलि वर्षा त चाहिएको थियो, तर हिउँ परेर दैनिकी नै कष्टकर बनाइ दियो।ु

 

स्थानीय तुलराम पुनले हिमपातको कारण अत्यधिक चिसो बढेको बताए। रातिदेखि परेको भमरी हिमपात अहिले बाहिर निस्किएर हिँडडुल गर्न र पशुचौपायालाई घाँस दाना खुवाउन पनि समस्या भएको उनको भनाइ छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation