४ जिपिए सहित सैनामैना सुनगाभा स्कुलको सफलतामा र्‍याली

रुपन्देहीको सैनामैना नगरपालिका ३, मुर्गियामा रहेको सुनगाभा पब्लिक स्कुलबाट चारजना विद्यार्थीले फोर जिपिए सहित उत्कृष्ट नतिजा दिन सफल भएको खुसीयालीमा स्कुलले बुधबार ¥याली गरेको छ ।
स्कुलका विद्यार्थी, शिक्षक, कर्मचार, अभिभावक र सैनामैनाका स्थानीय जनताको सहभागितामा भएको ¥यालीले नगर परिक्रमा गरेको थियो ।
उक्त स्कुलका छात्रा कृष्टि ज्ञवाली र कृष्टिना ज्ञवाली तथा छात्र विप्लब भण्डारी र राजीव खनाल क्षत्रीले एसईई २०८२ मा चार जिपिए ल्याउन सफल भएका हुन ।
साथै स्कुलले एसईई २०८२ मा सैनामैनामै उत्कृष्ट नतिजा दिन सफल भएको छ ।
एसइईमा फोर जिपिए ल्याउन सफल भएकी कृष्टि ज्ञवालीले आफ्नो सफलताको पछि घर परिवार, शिक्षक, विद्यालय परिवार सवैको सहयोग रहेको बताउँदै लगनशील भएर मेहनत गरेमा उत्कृष्ट नतिजा ल्याउन सकिन्छ भन्ने आफू उदाहरण बनेको बताईन । उनले कानुन वा विज्ञान विषयमध्ये कुनै एक विषय लिएर उच्च शिक्षा अध्ययन गर्ने योजना रहेको सुनाइन ।
त्यसैगरी सोही स्कुलबाट फोर जिपिए ल्याउन सफल कृष्टिना ज्ञवालीले फोर जिपिए ल्याउनु सामान्य कुरा होइन भन्दै आफ्नो सफलताका पछि अभिभावक, विद्यालय र शिक्षकहरुको सहयोग रहेको बताईन । उनले विज्ञान विषय लिएर अध्ययन गर्ने बताउँदै डाक्टर बन्ने योजना रहेको सुनाइन ।

स्कुलका प्रिन्सिपल तिलब केसीले सुनगाभा पब्लिक स्कुलले १० बर्ष अगाडी २०७२ सालमै एसएलसीमा नेपाल प्रथम हुन सफल भएको बताउँदै यो भन्दा अघिल्लो बर्ष पनि एसइईमा फोर जिपिए नतिजा दिलाउन सफल भएको बताउनुभयो । उहाँले यो बर्ष चार जना विद्यार्थीले फोर जिपिए ल्याएको भन्दै आफूहरु सैनामैनामै उत्कृष्ट भएको उल्लेख गर्नुभयो । सवैको साथ र सहयोगबाटै सुनगाभाले हरेक बर्ष उत्कृष्ट नतिजा दिन सफल भएको उहाको भनाई छ ।
एसईई २०८२ मा सुनगाभाको चारजना विद्यार्थीको फोर जिपिएसंगै अन्य ६ जना विद्यार्थीले पनि फोर जिपिए ल्याउन सफल भएका छन । सैनामैनामा फोर जिपिए ल्याउने विद्यार्थीको संख्या १० भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation