सैनामैना ३०, बैशाख । दश वर्षसम्म निरन्तर टिपर चालक (Tipper Driver) को रूपमा सेवा पुर्याएको भन्दै चालकलाई सम्मान गरिएको छ ।
सैनामैना नगरपालिका वडा नम्बर ११ मा रहेको श्रीकृष्ण कन्ट्रक्सनका संचालक नेत्र प्रसाद घिमिरेले एक कार्यक्रमको आयोजना गरि प्रदेसी थारुलाई सम्मान गरिएको बताउनुभयो ।
श्रीकृष्ण कन्ट्रक्सनका ईन्जिनियर विशाल घिमिरेले लामो समयसम्म सेवा दिने मजदुरहरुलाई सम्मान गर्नु श्रम को पनि सम्मान हो भन्दै श्रीकृष्ण कन्ट्रकसनले सकारात्मक र प्रोत्साहनमूलक सन्देश दिन खोजेको बताउनुभएको छ।
बाणगङगा नगरपालिका बोडगाउका टिपर चालक प्रदेसी थारुले कहिल्यै सामान्य पनि दुर्घटना नगराई सुरक्षीत टिपर चलाएको भन्दै जस्तो जोखिमपूर्ण र चुनौतीपूर्ण क्षेत्रमा एक दशकसम्म दृढताका साथ काम गर्नु आफैमा प्रशंसायोग्य कुरा हो।











