सैनामैना, जेष्ठ ३ । जेष्ठरगतको अभावमा कसैको पनि ज्यान नजाओस भन्ने पवित्र उद्देश्यले रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं ६ को आयोजनामा आईतबार सैनामैनाको बैकुण्ठपुरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले शुभारम्भ गर्नुभएको रक्तदान कार्यक्रमबाट एकसय युनिट रगत संकलन भएको छ ।कार्यक्रमको उद्घाटन गदै सैनामैना नगरपालिकाका नगर प्रमुख फणिन्द्र प्रसाद शर्माले वडा कार्यालय आफैलेस्थानिय जनतालाई स्वयमसेवी रुपले रक्तदान गर्न प्रेरित गरेर महत्वपूर्ण काम गरेको बताउनु भयो ।
वडाको बार्षिक कार्यक्रम अन्तरगत आयोजित रक्तदान कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका वडा नं. ६ का अध्यक्ष गोपाल पोखरेलले आर्थिक बर्ष २०८२÷०८३ को बार्षिक बजेट अन्तरगत रक्तदान कार्यक्रम गरिएको बताउनु भयो । उहाँले वडाका ११ वटै टोल विकास संस्थाको सहयोगमा सय युनिट रगत संकलन गर्न सफल भएको बताउँदै यो कार्यक्रमबाट उर्जा प्राप्त भएको उल्लेख गर्नुभयो ।
त्यसैगरी रक्तदान कार्यक्रमकै अवसरमा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण पंगेनीले रक्तदान कार्यक्रम र रगत संकलन अभियानमा सैनामैना उर्बर बन्दै गएको बताउँदै सैनामैना ६ का वडाबासी रक्तदान कार्यक्रमप्रति अत्यन्त उत्साहित भएको देख्दा खुसी लागेको बताउनुभयो । उहाँले रेडक्रसको अभियानमा सवै नगरबासीको साथ र सहयोग रहेको उल्लेख गर्दै रगतको अभावमा कसैको पनि मृत्यु हुनु हुँदैन भन्ने मान्यता स्थापित गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।
सैनामैना नगरपालिका वडा नंं ६ का वडा अध्यक्ष गोपालप्रसाद पोखरेलको अध्यक्षता र वडासचिव पुण्यप्रसाद आचार्यको संचालन, वडा सदस्य झकप्रसाद पोखरेल आशिषको स्वागतमा सम्पन्न भएको रक्तदान कार्यक्रममा स्थानीय वडाबासीको उल्लेख्य उपस्थिति रहेको थियो ।











