शिक्षण–सिकाइमा परिवर्तन सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलन सुरु

सैनामैना, जेठ १६ ।
रुपन्देहीको सैनामैना नगरपालिका ६ रामापुर कलौनीमा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसको अनुसन्धान तथा प्रकाशन समितिको आयोजनामा शिक्षाको लागि शैक्षिक रुपान्तरण,शिक्षण सिकाईमा परिवर्तनको उदाहरण विषयक दोश्रो राष्ट्रिय सम्मेलन शनिवारदेखि सुरु भएको छ ।

विश्वविद्यालय अनुदान आयोग र सैनामैना नगरपालिकाको सहयोगमा सुरु भएको सम्मेलन आईतबारसम्म संचालन हुनेछ ।
विद्यालय तह र उच्च शिक्षाको शिक्षण सिकाईलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने उद्देश्यले आयोजित सम्मेलनमा शिक्षाबिदहरुले शिक्षा सम्वन्धि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस, खुदाबगर आदर्श बहुमुखी क्याम्पसको सहकार्यमा भएको दोश्रो राष्ट्रिय सम्मेलनको उदघाटन गर्दै त्रिभुवन विश्वव्द्यिालयका रजिष्ट्रार डा. महानन्द चालिसेले दुई दिने राष्ट्रिय सम्मेलनले शिक्षण सिकाईलाई प्रभावकारी वनाउने विषयमा ठोस योजना र प्रतिवद्धता आउने विश्वास व्यक्त गर्नुभयो ।
सहिद नारायण पोखरेल रामापुर क्याम्पस संचालक समितिका अध्यक्ष यदुलाल पन्तको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा क्याम्पस प्रमुख हेम थापा, क्याम्पस संचालक समितिका सदस्य कृष्ण पोखरेल लगायतले बोल्नु भएको थियो ।

दुई दिने सम्मेलनमा नेपाल पब्लिक क्याम्पस संघका केन्द्रिय अध्यक्ष शत्रुघनप्रसाद गुप्ताले शिक्षकलाई बन्दी बनाएर सामुदायिक शिक्षा सुधार नहुने बताउनुभयो । उहाँले अहिलेको सरकारले शिक्षाको स्तर सुधार गर्न डोजर चलाउनु पर्ने उल्लेख गर्नुभयो । उदघाटन कार्यक्रमको संचालन प्राध्यापक बिष्णु अर्यालले गर्नुभएको थियो ।

सम्मेलनमा डा विष्णुप्रसाद पोखरेल, सहायक प्रोफेसर रामनाथ न्यौपाने, डा.नारायण प्रसाद पन्त, डा. श्रीभट्टराई, एशोसिएट प्रोफेसर मनोज सापकोटा, नारायणप्रसाद भण्डारी, राजेन्द्र घिमिरे, तारानाथ भट्टराई, नैनबाबु घिमिरे, रबिन्द्र क्षेत्री र कौशिला गैरे लगायतले शिक्षण सिकाईका विषयमा महत्वपूर्ण प्रस्तुती दिने र त्यसलाई निचोडको रुपमा प्रस्तुत गर्ने कार्यक्रम छ ।
क्याम्पसका प्राध्यापक दिनेश पन्थीको अध्यक्षतामा भएको प्यानल छलफल भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation