रास्वपा प्रदेश अधिवेशन कार्यविधि ः को–को हुन्छन् प्रतिनिधि ? कसरी चुनिन्छन् ?

राष्ट्रिय स्वतन्त्र पार्टीले विधान २०७९ ९तेस्रो संशोधन २०८१० अनुसार प्रदेश अधिवेशन कार्यविधि, २०८३ तयार गरेको छ ।
यो कार्यविधिले प्रदेश अधिवेशनका प्रतिनिधि छनोट विधि तोकेको छ, जसमा प्रदेश समिति पदाधिकारी, सल्लाहकार परिषद सदस्य, आयोगका पदाधिकारी, विभागका प्रमुख लगायत विभिन्न तहका सदस्यहरू प्रतिनिधि बन्न सक्नेछन् ।
प्रतिनिधि छनोट गर्दा पार्टीको केन्द्रीय पोर्टलमा अद्यावधिक भएका सदस्यहरूलाई प्राथमिकता दिइनेछ र अनुशासन उल्लंघनमा परेका सदस्यहरू प्रतिनिधि हुन पाउने छैनन् ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले विधान २०७९ ९तेस्रो संशोधन २०८१ समेत०को धारा ३१ बमोजिम ‘प्रदेश अधिवेशन कार्यविधि, २०८३’ तयार गरेको छ ।

पार्टीको विधि, पद्धति र लोकतान्त्रिक प्रणालीभित्र रही निष्पक्ष, धाँधलीरहित र सौहार्दपूर्ण वातावरणमा अधिवेशन सम्पन्न गर्न कार्यविधि तयार पारेको निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिए ।

 

रास्वपाको जेठ १८ गते बसेको सचिवालय बैठकले अनुमोदन समेत गरिसकेको उक्त कार्यविधि अनुसार प्रदेश अधिवेशन प्रतिनिधिहरू छनोट विधि तोकिएको छ ।

रास्वपाको जेठ २६ बागमती प्रदेश, २७ गते कोशी प्रदेश, २८ गते मधेस प्रदेश, २९ गते गण्डकी प्रदेश, ३० गते लुम्बीनी प्रदेश, ३१ गते कर्णाली प्रदेश र असार १ गते सुदूरपश्चिम प्रदेशमा अधिवेशन हुँदैछ । त्यसका लागि निर्वाचन आयोगले पाँच प्रदेशमा पाँच जना सदस्यलाई अधिवेशनको समन्वय, सहजीकरण र प्रदेश निर्वाचन अयोग गठन गर्ने गरी खटाएको छ । बाँकी कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज बेलुकासम्म प्रतिनिधि पठाउने केसीले जानकारी दिए । पूर्वनिर्धारित अधिवेशन कार्यतालिकामा केही संशोधन हुनसक्ने उनले बताए ।

‘विधान अधिवेशन कार्यविधि र प्रदेश अधिवेशन कार्यतालिका भित्रै रहेर केही संशोधन हुनसक्छ । बाँकी रहेको प्रदेशमा आज बेलुकासम्म प्रतिनिधि पठाइसक्छौँ’, केसीले भने । कार्यविधि अधिवेशन आयोजक समितिले प्रदेश अधिवेशन प्रतिनिधिहरू छनौट गरी प्रतिनिधिहरूको नामावली कम्तीमा ३ दिन अगाडि निर्वाचन समितिलाई उपलब्ध गराउनुपर्ने भनिएको छ ।

प्रदेश अधिवेशनबाट एक सभापति, एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री९फरक लिङ्ग सहित०, एक कोषाध्यक्ष र एक जना प्रवक्ता निर्वाचित हुनेछन् ।

यस्तो छ प्रदेश प्रतिनिधि र छनोट विधिः
१। प्रदेश समिति पदाधिकारी तथा सदस्यहरू सबै

अधिवेशन आयोजक समिति गठन भएको मितिसम्म पार्टीको केन्द्रीय पोर्टलमा अद्यावधिक भएका प्रदेश समितिका सबै पदाधिकारी र सदस्यहरू अधिवेशनको प्रतिनिधि हुनेछन् ।

२। प्रदेश सल्लाहकार परिषदका पदाधिकारी तथा सदस्यहरू सबै

प्रदेश अधिवेशनको मिति निर्णय भएको मितिको १५ दिन अगाडि सम्म मनोनयन भई पार्टीको केन्द्रीय पोर्टलमा अद्यावधिक भएका प्रदेश सल्लाहकार परिषदका सबै सदस्यहरू अधिवेशनको प्रतिनिधि हुनेछन् । त्यसपछि प्रदेश समितिबाट अनुमोदन भएका सदस्यहरूलाई आयोजक समितिले अधिवेशनको पर्यवेक्षक बनाउन सक्नेछ ।

३। प्रदेश अनुशासन आयोग, प्रदेश लेखा आयोगका पदाधिकारी तथा सदस्यहरू सबै

प्रदेश अधिवेशनको मिति निर्णय भएको मितिको १५ दिन अगाडि मनोनयन भई पार्टीको केन्द्रीय पोर्टलमा अद्यावधिक भएका प्रदेश अनुशासन आयोग र लेखा आयोगको सदस्यहरू अधिवेशनको प्रतिनिधि हुनेछन् । त्यसपछि प्रदेश समितिबाट अनुमोदन भएका सदस्यहरूलाई आयोजक समितिले अधिवेशनको पर्यवेक्षक बनाउन सक्नेछ ।

४। प्रदेश विभागको प्रमुख सहित ९ जना ९न्यूनतम ३३ प्रतिशत महिला सहित विभागले छनौट गर्ने

प्रदेश अधिवेशनको मिति निर्णय भएको मितिको १५ दिन अगाडि मनोनयन भई पार्टीको केन्द्रीय पोर्टलमा अद्यावधिक भएका विभाग प्रमुख र कम्तीमा ३ महिला सहित हुनेगरी जम्मा ९ जना अधिवेशनको प्रतिनिधि हुनेछन् ।

५। प्रदेश सम्पर्क विभागको प्रमुख सहित ७ जना ९न्यूनतम २ महिला सहित विभागले छनौट गर्ने

प्रदेश अधिवेशनको मिति निर्णय भएको मितिको १५ दिन अगाडि मनोनयन भई पार्टीको केन्द्रीय पोर्टलमा अद्यावधिक भएका सम्पर्क विभाग प्रमुख र विभागले निर्णय गरी आयोजक समितिलाई पठाएको कम्तीमा २ महिला सहित जम्मा ७ जना अधिवेशनको प्रतिनिधि हुनेछन् ।

६। जिल्ला समिति पदाधिकारी तथा सदस्यहरू सबै

अधिवेशन भई पार्टीको केन्द्रीय पोर्टलमा अद्यावधिक भएका जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरू अधिवेशन प्रतिनिधि हुनेछन् ।

अधिवेशन हुन बाँकी तर पार्टीको केन्द्रीय पोर्टलमा अद्यावधिक भएका तदर्थ जिल्ला समितिको पदाधिकारीहरू ९सभापति, उपसभापति, सचिव, सहसचिव र कोषाध्यक्ष० अधिवेशन प्रतिनिधि हुनेछन् ।

जिल्ला अधिवेशन अगावै जिल्ला समितिको निर्वाचनमा भाग नलिने र प्रदेश अधिवेशनमा सहभागी लिने निवेदन दिएका तत्कालीन जिल्लाका पदाधिकारी अधिवेशन प्रतिनिधि हुनेछन् । त्यस्तो निवेदन जिल्ला सभापति र प्रदेश सभापति वा तोकेको प्रतिनिधिलाई बुझाउनु पर्नेछ ।

७। जिल्ला अनुशासन आयोग र जिल्ला संगठन विभागका पदाधिकारीहरू

प्रदेश अधिवेशनको मिति निर्णय भएको मितिको १५ दिन अगाडि मनोनयन भई पार्टीको केन्द्रीय पोर्टलमा अद्यावधिक भएका जिल्ला अनुशासन आयोग र जिल्ला संगठन विभागका पदाधिकारीहरू अधिवेशनको प्रतिनिधि हुनेछन् ।

८। जिल्ला सम्पर्क विभाग र जिल्ला याटको प्रमुख सहित ३ जना ९१ महिला सहित विभागले छनौट गर्ने०

प्रदेश अधिवेशनको मिति निर्णय भएको मितिको १५ दिन अगाडि मनोनयन भई पार्टीको केन्द्रीय पोर्टलमा अद्यावधिक भएका जिल्ला सम्पर्क विभाग र याटको प्रमुख सहित विभाग वा याटले निर्णय गरी कम्तीमा १ जना महिला सहित आयोजक समितिलाई उपलब्ध गराएको ३ जना अधिवेशनको प्रतिनिधि हुनेछन् ।

९। निर्वाचन क्षेत्र संयोजक र उपसंयोजक सबै

अधिवेशन आयोजक समिति गठन भएको मितिसम्म पार्टीको केन्द्रीय पोर्टलमा अद्यावधिक भएका निर्वाचन क्षेत्र समितिका संयोजक र उपसंयोजक अधिवेशनको प्रतिनिधि हुनेछन् ।

१०। पालिका सभापति वा सभापति सहभागी हुन नसक्ने अवस्थामा समितिले तोकेको समितिको १ जना

अधिवेशन भई अद्यावधिक भएका पालिकाको पालिका सभापति वा सभापति सहभागी हुन नसक्ने अवस्थामा समितिले तोकेको समितिको १ जना अधिवेशनको प्रतिनिधि हुनेछन् ।

अद्यावधिक भएका तर अधिवेशन हुन नसकेको तदर्थ पालिका समितिको सभापतिले उपस्थित हुन नसकेको अवस्थामा अर्को प्रतिनिधि तोकी पठाउन सक्नेछैन ।

११। पार्टीको तर्फबाट निर्वाचित वा समायोजनबाट आएका प्रदेश सभाका सदस्य तथा पालिका प्रमुख उपप्रमुखहरू

पार्टीको तर्फबाट प्रदेश भित्रबाट निर्वाचित वा समायोजनबाट आएका सबै संघीय संसद, प्रदेश सभा र पालिका प्रमुख, उपप्रमुख प्रदेश अधिवेशन प्रतिनिधि हुनेछन् ।

१२। प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने सबै र प्रदेशबाट केन्द्रीय विभागमा प्रतिनिधित्व गर्ने पदाधिकारीहरू सबै

सम्बन्धित प्रदेशको प्रदेश अधिवेशनमा उक्त प्रदेशबाट पार्टीको माथिल्लो संयन्त्रमा रही पार्टीको केन्द्रीय पोर्टलमा अद्यावधिक भएका पार्टीको पदाधिकारी तथा सदस्यहरू अधिवेशनको प्रतिनिधि हुनेछन् ।

१३। पालिका अधिवेशनले छनौट गर्ने प्रतिनिधि

९१५१ भन्दा बढी पार्टी सदस्य भएको गाउँपालिकाबाट १ जना, ३०१ भन्दा बढी पार्टी सदस्य भएको नगरपालिकाबाट २ जना, ४०१ भन्दा बढी पार्टी सदस्य भएको उपमहानगरपालिकाबाट ३ जना र ५०१ भन्दा बढी पार्टी सदस्य भएको महानगरपालिकाबाट ४ जना०, पालिका अधिवेशनले छनौट गरी पठाएको सबै प्रतिनिधि हुनेछ । २०८३ जेठ १८ गते पश्चातको निर्णयबाट छनौट हुने प्रतिनिधि न्यूनतम ३३ प्रतिशत महिला प्रतिनिधि हुने गरी छनौट हुनु पर्ने ।

१४। पार्टी समायोजन प्रतिनिधि

पार्टी केन्द्रीय समितिको निर्देशनका आधारमा तोकिएको प्रक्रिया पुरा गरी निर्णय भएका समायोजन प्रक्रियाका प्रतिनिधिहरू ९संख्या निर्णयका आधारमा हुने० ।

प्रतिनिधि छनौट सम्बन्धी थप स्पष्टताः

९१० पार्टीको अनुशासनात्मक कारवाहिमा परेका वा अनुशासन उल्लंघनका कारण जिम्मेवारी मुक्त भएका सदस्य वा अनुशासनात्मक छानविनको लागि निलम्बनमा परेका सदस्य अधिवेशन प्रतिनिधि हुन मिल्ने छैन ।

९२० पार्टीको सदस्य संख्याको आधारमा पालिका अधिवेशनमा प्रतिनिधि छनौट हुन नसकेको साथै छनौट भएतापनि विविध कारणले प्रतिनिधि त्याग गरेको अवस्थामा पालिका समितिले प्रदेश अधिवेशनको प्रतिनिधिको पालिका समिति बैठकले निर्णय गरी पठाउनेछ । पालिका समितिले प्रतिनिधि छनौट गरी अधिवेशन आयोजक समितिलाई तोकेको समय भित्र बुझाई सकेको हुनुपर्नेछ ।

प्रतिनिधि छनौट गर्ने विधिः

९क० पालिका समितिको बैठकले प्रदेश अधिवेशनको प्रतिनिधि हुन योग्य पार्टी सदस्यहरूलाई कम्तीमा ३ दिनको समय दिई आवेदन आह्वान गर्ने ।

९ख० पालिका बैठक बसी प्राप्त निवेदनहरू उपर छानबिन गरी प्रतिनिधि छनौट गर्ने ।

९ग० छनौट भएका प्रतिनिधिहरू जिल्ला÷प्रदेश संगठन विभाग मार्फत केन्द्रीय पोर्टलमा अद्यावधिक गराउने ।

९२० प्रदेश समितिले प्रदेश अधिवेशन आयोजक समिति गठन गरी अधिवेशन गर्ने सूचना जारी भए पश्चात् रिक्त पदपूर्ति कार्यविधि अन्तर्गत प्रदेश समिति र निर्वाचन क्षेत्र समिति र पालिका समितिमा पदपूर्ति गरी प्रतिनिधि बनाउन पाइने छैन ।

९३० प्रदेश अधिवेशनमा प्रतिनिधि हुने सबै प्रतिनिधिले अनिवार्य तोकिएको सम्बन्धित तहमा लेवि बुझाएको हुनुपर्नेछ । पार्टीको सम्बन्धित तहमा लेवि नबुझाएको वा लेवी बुझाउनु नपर्ने भनि निर्णय पनि नभएका कोही पनि अधिवेशनको प्रतिनिधि हुन सक्ने छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation