सरिता गिरीले झस्काएको भन्दै विदेशी बुहारीमाथि कठोर बन्न सांसदहरुको सुझाव

काठमाडौं – नागरिकतासम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सांसदहरुले फरक–फरक मत राखेका छन् ।मंगलबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाली कांग्रेसका सांसद र नेकपाका सांसदहरुले फरक मत राखेका हुन् ।नेकपाका सांसदहरुले बिहे गरेर नेपाल आउने विदेशीलाई ७ वर्ष स्थायी बसोबास गरेपछि मात्र नागरिकता दिनुपर्ने सुझाव प्रस्तुत गरेका थिए । पुरूषको हकमा समान हुनुपर्ने, १० वर्ष वा १५ वर्षको अवधि राख्नुपर्ने वा दिनै नहुने तीन थरी धारणा नेकपाका सांसदहरूले नै राखेका थिए ।नेकपा सांसद पम्फा भुसालले विदेशी बुहारीलाई सहजै नागरिकता दिने कुरा स्वीकार्य नहुने बताएकी छन् । उनले सांसद सरिता गिरीको उदाहरण दिँदै भनिन्, ‘हामीलाई पछिल्लो परिघटनाले महिला उदार हुनुपर्छ भन्‍ने कुराको खण्डन गरेको छ । विदेशी बुहारीप्रति उदार हुनुपर्छभन्दा नहुने कुरा रहेछ । त्यो संख्या बहुमत भएको भए नयाँ नक्सालाई आधिकारिकता दिन यस पटक गरिएको संविधान संशोधन के हुन्थ्यो होला ? हामीलाई सांसद गिरीको व्यवहारले झस्काएको छ । नेकपा सांसद झपट रावलले बुवाको झैं आमाको नामबाट मात्र नागरिकताको अधिकार दिँदा समाजमा व्यभिचार बढ्ने र महिलाले विदेशीका बच्चा जन्माउने अभियान नै चलाउन सक्ने बताएका थिए । कांग्रेसका अर्का सांसद देवेन्द्रराज कँडेलले छोरीलाई समान अधिकारका कुरा सिकाउन नहुने नभए परिवार भाँडिने बताएका थिए ।समिति सभापति शशी श्रेष्ठले सहमति जुट्न नसकेका विषयहरु टुंगो लगाउने प्रयासस्वरुप मंगलबारबाट छलफल सुरु गरिएको बताइन् । अर्को भोली बुधबार बोलाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation