पूर्व कप्तानसहित बंगलादेशका ५ क्रिकेटरलाई कोरोना संक्रमण

काठमाडौं । बंगलादेशका पाँच क्रिकेट खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बंगलादेशी क्रिकेट टिमका पूर्व कप्तान मशराफी मुर्तजा, नाजमुल इस्लाम, नसिफ इकवाल लगायत अन्य दुई क्रिकेट खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ । मुर्तजाले आफ्नो फेसबुक पेजमा लेखेका छन्, “आज मेरो कोभिड–१९ को टेस्ट पोजेटिभ आयो । सबै जनता क्रिपया म चाँडो ठीक हुँ भन्ने प्रार्थना गर्नुस् । हाल संसद् सदस्यसमेत रहेका मुर्तजाले अबका केही दिन आइसोलेसनमा बिताउने छन् । यसअघि पाकिस्तानी क्रिकेट टिमका पूर्व कप्तान शाहिद अफ्रिदीलाई पनि कोरोना संक्रमण भएको थियो । 
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation