नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक सकियो

नेपाल र भारतका परराष्ट्र सचिवहरूको दुईपक्षीय वार्ता सम्पन्न भएको छ । वार्तापछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गलाले छलफलको राम्रो सुरुवात भएको प्रतिक्रिया दिनुभएको छ । उहाँले दुई देशको बीचमा देखिएका समस्या समाधान गर्ने विषयमा छलफल भएको बताउनुभयो । आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माणलगायतका विषयमा पनि छलफल गरिएको श्रृङ्गलाले बताउनुभयो ।
वार्तामा परराष्ट्र सचिव भरतराज पौडेल र भारतीय विदेश सचिव श्रृङ्गला सहभागी हुनुहुन्थ्यो । भारतीय विदेश सचिव श्रृङ्गला दुई दिने औपचारिक भ्रमणका लागि आज ९बिहीबार० बिहान काठमाण्डौ आइपुग्नुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation