![](https://ujyaalopost.com/wp-content/uploads/2022/05/MODI-NEPAL-LUMBINI-2-1536x922-1.jpeg)
बुद्ध जयन्तीका दिन नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा विभिन्न कार्यक्रममा सहभागी भएर अपराह्न भारत फर्केका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र मोदीको उपस्थितिमा नेपाल र भारतबीच पाँचवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ।
नेपाल र भारतबीचको शताब्दी पुरानो शैक्षिक एवं सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ तुल्याउन दुई देशबीच पाँचवटा समझदारी भएको हो।
भारतीय शैक्षिक एवं सांस्कृतिक प्रतिष्ठानले लुम्बिनी बौद्ध विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित एक–एकवटा तथा काठमाडौँ विश्वविद्यालयसँग तीनवटा समझदारीपत्रमा हस्ताक्षर भएको हो।
त्यस्तै, अरुण चौथोको निर्माण नेपाल विद्धयुत प्राधिकरण र भारतीय कम्पनी सतलजले गर्ने समझदारी पनि भ्रमणका क्रममा भएको छ।