काठमाडौँ । काठमाडौँको बुद्धनगरमा एक जना पुरुषले शनिबार बिहान आत्मदाहको प्रयास गरेका छन् । काठमाडौँ महानगरपालिका–१० स्थित डेरामा ती पुरुषले आत्मदाहको प्रयास गरेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले दिएको जानकारी अनुसार ती व्यक्तिको पहिचान ४५ वर्षीय अश्विन राउत भनेर खुलेको छ । उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।
४५ वर्षीय आश्विन राउतले भान्साकोठामा गएर आफूलाई आगो लगाएको र घाइते अवस्थामा उनको उद्धार गरिएको काठमाडौँ प्रहरीका प्रवक्ता पवन भट्टराईले बताए ।
उनको वीर अस्पतालमा उपचार जारी छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।











