![](https://ujyaalopost.com/wp-content/uploads/2022/05/1653802107_TARA-Air-1200x560-1.jpg)
बिहान पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएपछि खोजीका लागि हेलिकोप्टर परिचालन गरिएको थियो ।
गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार मुस्ताङ र पोखराबाट दुई वटा निजी हेलिकोप्टर प्रयोग गरेर हेलिकोप्टरको खोजी भइरहेको हो । उनका अनुसार नेपाली सेनाको हेलिकोप्टरलाई पनि खोजीमा प्रयोग गर्ने तयारी भइरहेको थियो ।
अहिले भने तारा एयरको जहाज मुस्ताङको लेतेडाँडामा दुर्घटना ग्रस्त अवस्थामा भेटिएको छ । उक्त जहाजले १६ जना नेपाली र ६ जना बिदेशी बोकेर उडेको थियो ।