माओवादी पदाधिकारीमा लुम्बिनीका यी ७ जनाको सम्भावना

रुपन्देही । नेकपा माओवादी केन्द्रले आधार इलाका मानेको लुम्बिनी प्रदेशबाट ४३ सदस्यीय स्थायी कमिटीमा १४ जना परेका छन् । बुधबार सार्वजनिक भएको स्थायी कमिटी सदस्यको नामावली पार्टीले आधिकारिक रूपमा घोषणा भने आज गर्ने भएको छ ।

लुम्बिनीबाट स्थायी कमिटीमा कृष्णबहादुर महरा दाङ, वर्षमान पुन रोल्पा, पम्फा भुसाल अर्घाखाँची, जयपुरी घर्ती रोल्पा, ओनसरी घर्ती रोल्पा, बलदेव खनाल कपिलवस्तु, डिलाराम आचार्य अर्घाखाँची, पूर्णाकुमारी सुवेदी बाँके, रेखा शर्मा दाङ, गणेशमान पुन पूर्वीरुकुम, जोखबहादुर महरा रोल्पा, कुलप्रसाद केसी रोल्पा, महेश्वर गहतराज बाँके, हकिकुल्लाह खाँ रुपन्देही प्रस्तावित छन् ।

उनीहरूमध्येबाट पार्टी पदाधिकारीमा कृष्णबहादुर महरा वरिष्ठ उपाध्यक्ष, वर्षमान पुन महासचिव, पम्फा भुसाल उपमहासचिव, र जयपुरी घर्ती, ओनसरी घर्ती, बलदेव खनाल, डिलाराम आचार्य, प्रदेश उपाध्यक्ष वा सचिवमा पर्ने गरी छलफल चलेको एक नेताले जानकारी दिए । त्यसैगरी हकिकुल्लाह खाँ मधेसी कोटा तथा महेश्वर गहतराजले दलित कोटाबाट विशेष जिम्मेवारी पाउने सम्भावना छ ।

यसअघि महाधिवेशनबाट यो प्रदेशबाट ४० जना केन्द्रीय कमिटीमा परेका थिए । १२ जिल्ला रहेको प्रदेशबाट धेरै केन्द्रीय कमिटीमा पर्नेहरु रुकुम, रोल्पा, दाङबाट धेरै समेटिएका छन् । नयाँ केन्द्रीय समितिमा इन्द्रजित थारु दाङ, जीवन गौतम रुकुम, तेजबहादुर ओली पूर्वी रुकुम, हेमराज शर्मा पोखरेल दाङ, गणेशमान पुन पूर्व रुकुम, जगप्रसाद शर्मा रोल्पा, वर्षमान पुन रोल्पा, महेश्वरजंग गहतराज बाँके, ओनसरी घर्ती, रोल्पा, कुलप्रसाद केसी रोल्पा, दामा शर्मा दाङ, डोरप्रसाद उपाध्याय, कपिलवस्तु, सुबबहादुर रोका रुकुम, चक्रपाणि खनाल कपिलवस्तु, कृष्णध्वज खड्का प्युठान, कृष्णबहादुर महरा दाङ, बामदेव क्षेत्री गुल्मी, हकिकुल्लाह खाँ रुपन्देही, वसन्त घर्ती पाल्पा छन् ।

यसैगरी सुशिला श्रीपाली अर्घाखाँची, डिलाराम आचार्य अर्घाखाँची, पम्फा भुसाल अर्घाखाँची, झक्कु सुवेदी रोल्पा, जयपुरी घर्ती रोल्पा, रेखा शर्मा दाङ, पूर्णाकुमारी सुवेदी बांके, घनश्याम यादव नवलपरासी, सिता बौडेल नवलपरासी, दलजित श्रीपाली पुर्वी रुकुम, सुवोध श्रीपाली दाङ, कमला रोका पुर्वी रुकुम, दीपेन्द्र पुन रोल्पा, कृष्णा चौधरी, तिलकराम शर्मा बर्दिया रहेका छन् । उनीहरूमध्येबाट नै स्थायी कमिटीमा १४ जना परेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation