लभको चक्करमा मारिए ‘मास्टर’,प्रेमिका छलमाया तीन दिनपछि पक्राउ

गत बिहीबार राति ओखलढुंगाको चिशंखुगढी(४ बाट स्थानीय शिक्षकको हत्या गरी भागेको आरोपमा सिद्धिचरण गाउँपालिका(८ सल्लेरीकी छलमाया धमलालाई प्रहरीले समातेको छ । शिक्षक दीपककुमार ठाकुरको हत्या गरी फरार रहेकी उनलाई प्रहरीले पक्राउ गरेको हो ।
शुक्रबार बिहान ठाकुर आफ्नै कोठामा मृत भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय ओखलढुगांका प्रहरी नायव उपरीक्षक सुकदेव खनालको टोलीले घटनाको अनुसन्धान थालेको थियो । संलग्न व्यक्तिको पहिचान गर्ने क्रममा प्रहरीले सुक्ष्म अनुसन्धान गर्दा घटनामा छलमायाको संलग्नता आशंका भयो र समातेर सोधपुछ गर्दा उनले हत्या स्वीकारेको प्रहरीले बताएको छ ।
ठाकुरसँग लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी छलमायाले प्रेमी विवाहित भएको थाहा पाएपछि मनमुटाव शुरु भएको र अन्ततस् हत्याको कारण बनेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । आफूले अरु केटासँग विवाह गर्ने बताएपछि ठाकुरले विभिन्न प्रकारका धम्की दिने गरेको र त्यसको रिसले हत्या गरिदिएको छलमायाले प्रहरीलाई बताएकी छन्।
“ठाकुरले युवतीलाई गाली बेइज्जत गर्ने,मानसिक तथा शारीरिक यातनाहरु दिने र सामाजिक सञ्जालमा नांगो फोटो तथा भिडियो भाइरल बनाइदिने धम्की दिएपछि घटना घटेको आरोपितले बयान दिएको प्रहरीले बताएको छ । “
ठाकुरले युवतीलाई गाली बेइज्जत गर्ने,मानसिक तथा शारीरिक यातनाहरु दिने र सामाजिक सञ्जालमा नांगो फोटो तथा भिडियो भाइरल बनाइदिने धम्की दिएपछि घटना घटेको आरोपितले बयान दिएको प्रहरीले बताएको छ ।
ठाकुरले दुई वर्षदेखि चिशंखुगढी गाउँपालिका(४ मा रहेको कालिका आधारभूत विद्यालयमा अध्यापन गराउँदै आएका थिए । उनी सोही ठाउँका कुमार राईको घरमा डेरा गरी बस्थे ।
हत्यामा धमलाले आफ्नो मात्रै संलग्नता रहेको बयान दिए पनि प्रहरीले भने अन्य व्यक्तिको संलग्नताबारे अनुसन्धान गरिरहेको छ । युवतीले प्रयोग गर्ने मोबाइल, सिमकार्ड र उनले दिएको बयानअनुसार उनी एक्लैले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको डिएसपी खनालले बताए ।
जिल्ला अदालत ओखलढुङ्गाबाट हिजो १२ दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation