नेपाली काङग्रेस लुम्बिनी प्रदेशको घोषणा पत्र सार्वजनिक

नेपाली काङग्रे लुम्बिनी प्रदेश समितीले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । बिहिबार दिउँसो रुपन्देहिको प्रदेश कार्यालय तामनगरमा लुम्बिनी प्रदेश अध्यक्ष अमर पुनले आसन्न प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

घोषणापत्रमा पार्टीले अघि सारेको ‘समुन्त नेपाल तथा सम्मानित नेपाली’को प्रदेश संकल्पलाई अगाडी सारेको छ । घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ । घोषणा पत्रमा रुख चिन्हमा किन मतदान गर्ने भन्ने कुरालाई प्रष्ट्याउने प्रयास गरिएको छ ।

साराशंमा हेर्नुहोस ।

ड्ड बृहत लुम्बिनी क्षेत्रको विकासको निम्ति हाल लुम्बिनी विकास कोषबाट धेरै कार्य भैरहेको छ संसारका करिव ५० करोड वौद्ध धर्मावलम्वीहरूको धार्मिक केन्द्र रहेको यस पावन धार्मिक स्थलको विकास तथा प्रवर्द्धनको लागि विभिन्न विकासका कार्यक्रमहरू अगाडी सारिने छ । लुम्बिनी विकास कोषलाई केन्द्र र प्रदेशको सामुहिक कार्यक्षेत्र भित्र राखी आर्थिक तथा सामाजिक रूपान्तरण गरिने छ यस क्षेत्रको विकासलाई लुम्बिनीको विकासको मोडेलको रूपमा अगाडी सारिने छ ।
लुम्बिनीको वृहत गुरूयोजनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको सहकार्य तथा समन्वयमा अन्तर्राष्ट्रिय पर्यटकीय केन्द्रको रूपमा विकास गरिने छ । ड्ड लुम्बिनीमा आई वौद्ध धर्मावलम्वीले आफ्नो सन्तान जन्माउने रहर गर्ने हुदा यस क्षेत्रमा रहेका अस्पताललाई उच्च स्तरीय प्रसुति गृहको रूपमा विकास गरी यस क्षेत्रलाई वर्थिङ सेन्टरको रूपमा विकास गरिने छ ।
ड्ड स्वास्थ्यको क्षेत्रमा लुम्बिनी प्रादेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल लगायतलाई विशिष्ठीकरण गरिने छ ।
ड्ड दाङ, नेपालगञ्ज र बुटवल क्षेत्र अहिले पनि पहाडी क्षेत्रको शैक्षिक गन्तव्यको रूपमा विकास भैरहेको छ, यसलाई वृहत योजना बनाई शैक्षिक पूर्वाधार तथा गुणस्तरलाई वृद्धि गर्नको लागि योजनाहरू अगाडी सारिने छ ।
ड्ड लुम्बिनी प्रदेशमा रहेका १२ जिल्ला र १०९ स्थानीय तहलाई यातायातको सहज पहुचको लागि दिगो यातायातको गुरु योजना गरिने छ । सहरी क्षेत्रमा रहेका ुट्विन सहरु ९बुटवल भैरहवा, नेपालगञ्ज(कोहलपुर, घोराही तुलसीपुर० लगायतका क्षेत्रहरूमा ट्राम वा रेलको सम्भाव्यता अध्ययन गरी योजनाहरू अगाडी सारिने छ ।
ड्ड स्वर्गद्वारीलाई धार्मिक गन्तव्यको रूपमा विकास गर्न वृहत गुरूयोजना बनाइने छ, साथै यस क्षेत्रको सहज पहुचको लागि निजी क्षेत्रसँग सहकार्य गरी केवलकारले जोड्ने परियोजनाहरू अगाडी सारिने छ ।
ड्ड लुम्बिनी प्रदेश भित्र रहेका विभिन्न जाति, क्षेत्र र संस्कृतिका विशेष गरी थारू तथा मगर समुदायका भाषा, भेषभूषा तथा जैविक संस्कृतिको संरक्षण तथा प्रवर्द्धनको लागि विशेष कार्यक्रमहरू लागु गरिने छ । लुम्बिनी प्रदेशमा रहेका पहाडी क्षेत्रका धेरै बस्तीहरू पहिरो जोखिम तथा अन्य विपद जोखिउन्मुख छन् । त्यसैगरी तराई क्षेत्रका धेरै बस्तीहरू डुबान तथा बाढी प्रभावित रहेका छन् । यस जोखिम न्यूनीकरण तथा व्यवस्थापनको लागि स्थानीय तहमा संकटासन्न क्षेत्र निर्धारण गरी आवश्यक योजनाहरू अगाडी सारिने छ । सम्भाब्य प्रकोप र जोखिमका क्षेत्रहरू तथा बस्ती एवं बैकल्पिक वस्तीका ठाँउहरूको पहिचान गरेर वातावरण परिर्वतन असर कम गर्ने उपाय अपनाउन तथा प्रकोप व्यवस्थापन गर्न कानुन, निति बनाउने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation