जेन जि विद्रोह, नयाँ परिस्थिति र अबको निकास विषयक अन्तर्किया सम्पन्न

विनोद खनाल, बुटवल
जेन जि विद्रोह, नयाँ परिस्थिति र अबको निकास विषयक अन्तर्किया कार्यक्रम सैनामैना रामापुर स्थित सतचिन्तन सामुदायिक हलमा सम्पन्न भएको छ ।

नेकपा सैनामैना नगर समितिको आयोजनामा आयोजित कार्यक्रमका प्रमुख वक्ता नेकपाका पोलिटव्यूरो सदस्य बसन्त श्रेष्ठले लामो समय देखि थिग्रन पुगेको वेथिती, कुशासन, भ्रष्टाचार, सबै क्षेत्रमा अति राजनितिकरण, गलत राजनीतिक प्रणाली र अभ्यासको चरम असन्तुष्टिको उपज गत भाद्र २३/२४ को जेन जि बिद्रोह भएको बताएकाछन । यो बिद्रोहले अब राजनीतिक पार्टीलाई सच्चिने कि सक्किने दुई विकल्प दिएको कुरामा जोड दिंदै उनले जेन जि बिद्रोहको तागतमा बनेको वर्तमान शुशिला कार्की नेतृत्वको सरकारले पनि बिद्रोहको मुल स्प्रिटलाई आत्मसात गर्नबाट चुकिसकेको औल्याए ।

उनले आन्दोलनका मुद्दाहरूलाई यो या त्यो नाममा संविधानका कुरा तेर्साएर अपहरित गरिएको आरोप लगाउँदै पुरानै निर्वाचन प्रणाली र पुरानै शैलीको संसदीय प्रणाली लाई बैधानिकता प्रदान गर्न यो आन्दोलन नभएको जिकिर गरे । अहिले पनि पुराना संसदीय दलहरु आफुहरुले गल्ती गरेको भनेर समिक्षा नगरेको बरु बिगतकै शैली ठिक थियो भने जसरी प्रस्तुत हुन थालेको भन्दै आन्दोलनका क्रममा साहदत गर्ने सहिदहरु प्रति उच्च सम्मान व्यक्त गरे । स्वस्फुर्त आन्दोलनमा घुसपैठ हुन गएको र सो क्रममा व्यक्तिगत तथा राष्ट्रिय सम्पत्तिको क्षति हुन पुगेकोमा आफुहरु दुखित भएको बताउँदे उनले भने ‘अब परिस्थिति बदलिएको छ यदि पार्टीहरु इमान्दार बन्ने हो भने सबैलाई मान्य हुने नेपाली विशेषताको समाजवादलाई साझा बिन्दु मानेर अगाडि बढौं। जसको लागि राजनितिक, आर्थिक, सास्कृतिक, शैक्षिक आदि नितिहरुमा छलफल गरौं हामी तयार छौं ।

हामी कम्युनिस्ट भन्नेहरूले चीन र रुसका इतिहासको बारेमा अध्ययन गर्यौं तर हाम्रै समाज र सेरोफेरोमा के हुँदैछ भन्ने आकलन गर्न सकेनौं त्यसैले हामी सबैले आत्मसमिक्षा गरौं अव मनोबैज्ञानिक रुपमा सबैका दम्भ र अहंकार भत्किएका छन । अब आफुलाई कम्युनिस्ट भन्नेले पनि सोचौ र प्रजातन्त्रवादी भन्नेले पनि सोचौ , नयाँ भन्नेले पनि आफुलाई स्पष्ट रुपमा प्रस्तुत गरौ ।

राष्ट्र , राष्ट्रियता , जनजिविकाका सवालमा सबैसँग सहकार्य गर्न आँफुहरु तयार रहेको वताउदै नयाँ परिस्थितिलाई सबैले स्वीकार गरी राजनीतिक निकास खोज्न आफ्नो दल तयार रहेको बताए। यसै सन्दर्भमा वर्तमान तरल राजनीतिमा चलखेल गर्न खोज्ने जस्तोसुकै देशीविदेशी षड्यन्त्र , पात्र र प्रवृत्तिका विरुद्ध सम्पुर्ण सचेत नागरिकबाट निरन्तर खबरदारी जरुरी रहेको कुरामा जोड दिए ।
यस्तै अखिल नेपाल शिक्षक संगठनका सह अध्यक्ष गुणाखर भट्टराईले जेनजि बिद्रोहले परमपरागत राजनैतिक मनोविज्ञान भत्काईदिएको सन्दर्भमा प्रतिसोधपुर्ण राजनिति त्यागेर सामजिक सद्भाव र मेलमिलापको बाटो नै उपयुक्त हुने बताए ।

यस्तै कार्यक्रममा नेकपा माओवादी सैनामैना नगर अध्यक्ष मान बहादुर महत, पुर्व राष्ट्रिय दलित उत्थान आयोगका अध्यक्ष खिम बहादुर बिक, एकीकृत समाजबादिका सैनामैना अध्यक्ष देवराज पौडेल, राप्रपाका नेता सुर्य बहादुर जिसी, सामाजिक अभियान्ता लाल प्रसाद पंगेनी ‘कृष्ण’, सैनामैन वडा नं ८ का अध्यक्ष बुद्धिराम थारु, देविस्थान खानेपानी संस्थानका अध्यक्ष रिऋीराम पाण्डे, आँदिखोला खानेपानीका अध्यक्ष धर्मादत्त बस्याल, नयाँ गोरेटोका अध्यक्ष खेमलाल ढकाल सच्तिन्तन सामुदायिक प्रतिष्ठनका अध्यक्ष घनश्याम पाण्डे, तिनाउ सामुदायीक पुस्तकालयका अध्यक्ष गोपाल भण्डारी लगायतका वक्ताहरूले विद्रोह पश्चात सिर्जित वातावरणलाई संयमताका साथ सामाजिक तवरले सद्भाव कायम गरेर अगाडि बढ्नु पर्ने, बदला र प्रतिशोध त्याग्नु पर्ने, भौतिक क्षतिको राज्यले क्षतिपूर्ति दिनुपर्ने , अबको राजनीतिमा नयाँ सोच र सोही बमोजिमको नेतृत्व अगाडि आउनु पर्ने कुरामा जोडदिएका थिए ।

नेकपा जिल्ला सल्लाहकार रबिलाल न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अनेमसमंघ जिल्ला अध्यक्ष देवी भट्टराईको स्वागत र नगर अध्यक्ष तेजेन्द्र थापाको संचालन रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation