बुटवलको लुम्बिनी बौद्द विश्वविद्यालय सिटी क्याम्पस राजनैतिक अखडा भएको भन्दै तालाबन्दी

बुटवल । लुम्बिनी बौद्द विश्वविद्यालय सिटी क्याम्पस बुटवलमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । बिए एलएलबी तेस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुले भिसि, रजिष्ट्रार देखि पढाउने शिक्षकसम्म राजनैतिक अखडा भए्रको भन्दै उनीहरुले सोमबार तालाबन्दी गरेका हुन् ।

साथै नियमित रुपमा कक्षा सन्चालन नभएको, लाइब्रेरीमा पर्याप्त मात्रामा पुस्तकहरु उपलब्ध नभएको, विधार्थीको भविष्यमाथि खेलबाड गरिएको ,शिक्षक अभाव तथा सञ्चालन गर्न चाहिने अत्यावश्यक विषयहरूको समेत व्यवस्था नभएकोले आफुहरुले तालाबन्दी गरेको बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation