राष्ट्रपति पौडेलको मुटुमा समस्या

राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएका छन् । मुटुमा समस्या भएपछि पौडेल गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका हुन् ।

अस्पताल स्रोतका अनुसार मंगलबार बिहान भर्ना गरि उनको थप उपचार भइरहेको छ ।

 

तर, राष्ट्रपति पौडेललाई भएको समस्याको बारेमा अस्पताल प्रशासनले स्पष्ट जवाफ दिएन । अस्पतालका निर्देशक डा. चन्द्रमणी अधिकारीले यस विषयमा केही बोल्न चाहेनन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation