संसदमा रास्वपाको अवरोध

१२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता नलिएको भन्दै संसदमा अवरोध गरेको छ ।

मंगलबार प्रतिनिधिसभाको बैठकको सुरुमै समय लिएर रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जिल्ला निर्वाचन कार्यालय फिर्ता नलिए संसदमा उठेर अवरोध गर्ने बताए ।

 

सभामुख देवराज घिमिरेले बजेटको मन्त्रालयत शीर्षकमाथि उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची र हेको र त्यसक्रममा जवाफ आउने बताए । तर, रास्वपाले त्यसलाई मानेन र अवरोध गरेको छ ।

रास्वपाको अवरोधलाई एमालेले पनि साथ दिएको छ । एमालेले पनि संसदमा उठेर अवरोध गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation